तापक्रम निरन्तर बढ्दो

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए । उनले कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दै जाने जानकारी दिए ।

फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम घट्ने मौसविद्को भनाइ छ । ‘जाडो मौसमको अन्यतिर बिहान बेलुका बढी चिसो महसुस हुने र दिउँसोको समयमा गर्मी हुने हुन्छ,’ मौसमविद् आर्यालले भने । उपत्यकासहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा दिउँको समयमा गर्मी महसुस गरिएको छ ।

अहिलले देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आङ्शिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

तपाईको प्रतिक्रिया