चार दिने संस्थागत क्षमता विश्लेषण सम्पन्न

 

सुर्खेत : यूएसएआईडिको आर्थिक सहयोग, एफएचआई ३६० र सुन्दर नेपाल संस्थाको साझेदारीमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत संस्थाको चार दिने संस्थागत क्षमता विश्लेषण सम्पन्न भएको छ ।

चारदिन सम्म संस्थागत विकासका लागि आवश्यक सात प्रमुख क्षेत्रहरु सुशासन, प्रशासन, मानव स्रोत व्यवस्थापन, वित्तिय व्यवस्थापन, संस्थागत व्यबस्थापन, कार्यक्रम व्यबस्थापन तथा बाह्य सम्बन्ध र तिनै अन्तर्गत रहेका ३९ उप क्षेत्रको बारेमा विश्लेषण गरिएको थियो ।

विश्लेषण संस्थाले आन्तरिक सुशासनका लागि बार्षिक रुपमा गर्ने गरिएको र पहिलो पटक गर्दा संस्थाका सुधार गर्नुपर्ने क्षेत्रहरु धेरै भएकोले संस्था सुशासनयुक्त हुनका लागि गरिने क्षेत्रगत सुधारलाई अनिवार्य रुपले लागु गरिएका कारण संस्थाका सबै प्रणालीहरु चुस्त दुरुस्त हुने पारस्परिक जवाफदेहिता परियोजनाका कार्यक्रम संयोजक खिम बहादुर रेग्मीले बताए ।

सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र प्रसाद कँडेलले विश्लेषणले संस्थागत कार्यक्रम प्रभावकारी र यसका औजारहरुको प्रयोग बाट संस्थालाई दिगो बनाउन सहयोग पुग्ने बताए । सुन्दर नेपाल संस्थाका अध्यक्ष हेम प्रकाश भूषालले कार्यसमिति र कर्मचारीले आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने बताए । कार्यक्रममा एनएन एस डब्लुएका क्षमता विकास अधिकृत पारस गिरी र एफएचआई ३६० का क्षमता विकास व्यवस्थापक रत्नबाबा तन्डुकारले कार्यक्रमको सहजीकरण गरेको पारस्परिक जवाफदेहिता परियोजनाका अभियान सुपरभाइजर गगन खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया