‘मिडियाले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ’

जाजरकोट : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मिडियाले राज्यलाई रचनात्मक खबरदारी गर्नुपर्ने बताएका छन् । प्रेस काउन्सिल नेपाल जाजरकोटले आयोजना गरेको पत्रकार आचारसंहिता विषयमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । मिडिया छाडा भएमा त्यो सन्देश आम पाठकमा राम्रो नपर्ने उनको भनाइ छ ।

मिडियाले सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्नुपर्ने कुरामा उनको धारणा छ । महासंघको नयाँ भवनसमेत मन्त्री बस्नेत र केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्त उद्घाटन गरे । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह र प्रेस कान्सिल सदस्य ईश्वरी ओझा, गोविन्द चौलागाईं, पत्रकार महासंघका कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्मा सहभागी थिए ।

तपाईको प्रतिक्रिया