अल्कोहलले एक मिनेटमै मार्न सक्छ कोरोना भाइरसलाई

एजेन्सी : उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको छ । चीनमा मात्र कम्तिमा १३ सय मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ भने ४५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

यसरी विश्वभर यो रहस्यमयी भाइरसले मानवमाथि गम्भीर संकट उत्पन्न हुँदा वैज्ञानिकहरु यो भाइरस नियन्त्रणबारे खोज अध्ययनमा लागेका छन् । यहीबीचमा जर्मनीका दुईवटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको आयुबारे एक तथ्य पत्ता लगाएका छन् । उनीहरुले कोरोना भाइरस ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा कमजोर हुने तथ्य पत्ता लगाएका हुन् । उनीहरुले तापक्रम बढेसँगै यो भाइरस कमजोर हुने दावी गरेको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

अनुसन्धानकर्ताहरुले अल्कोहलले यो भाइरसलाई एक मिनेटमै मार्नेसमेत बताएका छन् । साथै डिसइन्फेक्टेट गरे यो भाइरस ३० सेकेण्डमै मर्ने जनाइएको छ । यो तथ्यले कोरोना भाइरसविरुद्धको लडाईँमा सफलता पाउन सकिने विश्वास अनुसन्धानकर्ताहरुको छ ।

तपाईको प्रतिक्रिया