कर्णालीमा तुइन तर्न एकसय रुपैया

हुम्ला : सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो । हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि अझै विकल्प छैन । कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँलेले तुइनकै भर पर्नुपर्छ ।

त्यो पनि निःशुल्क होइन, प्रतिव्यक्ति एकसय रुपैउयाँ तिरेर । सय रुपैयाँ तिरेर तुइबाट वारिपारि गर्नेहरुले सामान तारेबापत थप ५० रुपैयाँ तिर्नुपर्छ । कर्णाली नदीमा बाह्रै महिना बहाव उच्च हुने भएकाले पानी छिचोलेर तर्न सकिँदैन । खार्पुनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइबाट कर्णाली तर्नेपर्छ ।


उक्त तुइनकै बाटो भएर थाली, राया, छिप्रा र कारामलगायत गाउँका बासिन्दा याङ्चु र छिमेकी जिल्लाहरु जुम्ला, बाजुरा पुग्ने गरेको समाचार कान्तिपुर दैनिकमा छ ।
स्थानीय व्यापारीले सदरमुकाम सिमकोट टाढा हुँदै दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न जुम्ला र बाजुराबाटै ल्याउने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार