बारेकोटमा खाद्यान्न ढुुवानी गर्न प्रशासनको निर्देशन

जाजरकोट : खाद्य संकट भएको क्षेत्रमा तत्काल खाद्यान्न ढुुवानी गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । जिल्लामा चामल ढुुवानीको जिम्मा पाएका ठेकेदारलाई प्रशासनले तत्काल खाद्यान्न ढुुवानी गर्न निर्देशन दिएको हो । अहिले जिल्लाको बारेकोट क्षेत्रमा खाद्य संकट छ । त्यहाँ रहेका खाद्य डीपोहरू अहिले रित्तै छन् ।

सोही क्षेत्रमा खाद्यान्नको ढुुवानी गर्ने जिम्मा लिएको एनबी बिल्डर्सका प्रतिनिधि मानबहादुुर खड्कालाई स्थानीय प्रशासनले यही फागुुन १५ गतेभित्र दुुई हजार क्वीन्टल चामल ढुुवानी गर्न लिखित कागज नै गराएको हो । केही दिनअघि बारेकोटमा खाद्यान्न अभाव भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि स्थानीय प्रशासनले ठेकेदारलाई तत्काल चामल ढुुवानी नगरे कारवाही गर्ने चेतावनी दिएको थियो ।

प्रशासनको चेतावनीपछि सप्लायर्सका प्रतिनिधि खड्काले अन्तिम मौका दिन भन्दै कारवाही नगर्न अनुुरोध गरेपछि लिखित कागज गराइएको प्रमुुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । चामल तत्काल ढुुवानी गर्ने कि थुुनिदिउँ ? भनेपछि ठेकेदार चामल बोक्न राजी भएको उनले बताए । सदरमुुकाम खलंगाबाट बारेकोट पुुग्न दुुई दिन लाग्छ । एकदिन गाडीमा र एक दिन पैदल हिँडेर त्यहाँ पुुगिन्छ ।


गाडी पुुग्ने स्थल फुुलचाउली र कालीमाटीसम्म ट्याक्टरमा र त्यसपछि घोडा खच्चड वा मानिसलाई बोकाएर ढुुवानी गर्नुुपर्छ । यसो गर्दा ठेकेदारलाई धेरै फाइदा हुुँदैन । बारेकोट गाउँपालिकामा आगामी वैशाखसम्म गाडी पुुग्दैछ । गाडी पुुगेपछि ट्याक्टरबाट चामल ढुुवानी गर्दा धेरै फाइदा लिने मनसायले ठेकेदारले आलटाल गरेको पाइएको पन्तले बताए । तत्काल ढुुवानी नगरे ठेकेदारलाई कारवाही गरेर नयाँ प्रक्रियाबाट भए पनि बारेकोटमा चामल लैजाने उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार