कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

नोबेल कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म १ हजार १६ जनाले ज्यान गुमाएका छन् । ४२ हजार मानिसहरु संक्रमित भएका छन् । वितेको २४ घण्टामै थप १०३ जनाका ज्यान गएका थियो । चीनको हुबेई प्रान्तस्थित उहान शहरबाट फैलिएका कोरोना अहिले विश्वका दर्जनबढी देशमा फैलिइसकेको छ । चीनबाहिर पनि कोरोना भाइरस संक्रमणका कारण दुई जनाले ज्यान गुमाएका छन् ।

चीनको स्वास्थ्य विभागका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ४२ हजार ६ सय ३८ पुगेको छ । चीनको उहानमा मात्रै ९७४ जनाको ज्यान गएको र सात य २८ जना संक्रमित भएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । ३१ डिसेम्बरमा हुवेई प्रान्तको वुहान शहरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको थियो । भाइरसबाट संक्रमितलाई ज्वरो आउने, सास फेर्न अप्ठ्यारो हुने र छातीमा संक्रमण देखिने गर्छ । (एजेन्सी)

तपाईको प्रतिक्रिया