दुई वर्षभित्र ठाटिकाँधलाई अध्याँरोमुक्त बनाउनेछौँ : अध्यक्ष धीरबहादुर शाही

दैलेखको ठाटीकाँध गाउँपालिका प्राकृतिक सम्पदा, साधन स्रोतमा सम्पन्न भएर पनि आर्थिक रुपले कमजोर छ । तर यहाँको पूर्वाधार विकासले तीव्रता लिएपछि गाउँपालिकालाई अध्याँरोमुक्त बनाउने योजना अघि सारिएको छ । उज्यालो पालिका निर्माण अभियानमा लागेको ठाटीकाँध गाउँपालिका दुई वर्षभित्र अध्याँरोमुक्त घोषणा गर्ने तयारी छ । राष्ट्रिय जनगणना २०६८ अनुसार १८ हजार आठ सय ९६ जनसंख्या रहेको यस गाउँपालिकाको सबै घरधुरीमा दुई बर्षभित्र विद्युत पु¥याइने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । प्रस्तुत छ ः उनीसँग गरिएको कुराकानी साराशं ।
धीरबहादुर शाही अध्यक्ष,
ठाटीकााध गाउँपालिका, दैलेख

गाउँपालिकामा समृद्धिका सम्भावना र आधारहरु के–के हुन् ?

सर्वप्रथम म पालिकाको अवस्था बताउँछु । यहाँ बसोवासका हिसावले गाउँपालिकामा विभिन्न जात जातिहरु रहेका छन् । जसमा व्राहमण, क्षेत्री, दमाई, कामी, बादि, आदिवासी जनजाति आदिको वसोवास गरिआएका छन् ।जसका आफ्नै भाषा भाषि छन् ।

जल, जमिन, जंगल, जडिवुटी, जंगली जनावर, एवम उर्वरभूमि यहाँको सम्भावनाको स्रोत हुन् । गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको वनजंगलका कारण पानीका प्रशस्त श्रोतहरु भएकाले विद्युत उत्पादनको हवको रुपमा पनि विकास गर्न सकिन्छ । यहाँ विभिन्न जडिवुटी, जंगली जनावर, तथा निलम पाइनुका साथै स्याउ खेती र अलैची, खेतीको सम्भावनासमेत उच्च छ ।

साथै पशुपालन तथा विभिन्न तरकारी खेतीको पनि प्रशस्त सम्भावना रहेको छ । यस गाउँपालिकाको मध्ये भागमा विभिन्न खाद्यवाली जस्तै धान, गहुँ, मकै, कोदो एवम तरकारी खेतीको प्रशस्त सम्भावना रहेको छ । पूर्वमा रामगाड, उत्तरमा भूतगाड भएर बग्ने सिङ्गो रामगाड खोला, पश्चिम तर्फ बग्ने चिनेखोला निरन्तर वगिरहने खोलाहरुमा ढुङगा, गिट्टी, वालुवा, जस्ता निर्माण सामाग्रीहरु उपलब्ध गर्न गराउन सकिने अवस्था छ ।

लेकाली क्षेत्रमा पाइने निलम ढुङगा र जौचौरमा भएको तामाखानी एवम तिरुवा टोलको फलाम खानी को उत्खनन गर्न सकेमा ठाटीकाँध गाउँपालिका लगायत सिङगो दैलेख जिल्ला, प्रदेश र राष्ट्रकै आर्थिक समृद्धिमा टेवा पुग्ने सम्भावना छ ।

गाउँपालिकाको आर्थिक विकासको मूख्य आधार के हो ?

यहाँको कृषि तथा पशु व्यवसाय नै आर्थिक विकासको मूख्य आधार हुन् । तर औधोगिकरणको गति मन्द छ । लिकाको आर्थिक तथा सामाजिक विकासका लागि कृषि, पशुपंक्षी तथा अन्य घरेलु तथा साना उद्योग व्यवसायलाई जोड दिएका छौ ।

यस गाउँपालिकामा कृषि तथा पशुपंक्षी व्यवसायमा झण्डै ९२ प्रतिशत अत्याधिक जनसंख्या संलग्न छ । पढेलेखेका विपन्न र साधारण लेखपढ गर्ने व्यक्तिले पनि सहज रुपमा कृषि, पशुपंक्षी तथा अन्य साना उद्योग व्यवसाय अंगालेका छन् । पालिकाले यो व्यवसायलाई व्यवस्थित गर्न लागेको छ ।

हाल रहेको मिश्रित व्यवसायिक प्रणालीले कृषि, पशुपंक्षी, वन, जडिबुटी पर्यटन तथा साना व्यवसायको विकास र विस्तार हुन नसकेको अवस्था छ । यसरी तरकारी खेती र पशुपालनमा जोड दियौ भने छिट्टै आर्थिक समृद्धि हाँसिल हुन्छ ।

तपाइँ निर्वाचित हुनुपूर्व र अहिलेको अवस्थालाई कसरी तुलना गर्नुहुन्छ ?

म निर्वाचित भएपछि ऐन नियम बनाएर विधिको शासन लागु गरेको छु । न्याय सम्पादनमा पनि सुधार आएको छ ।
सबै वडामा सडक विस्तार गरेका छौँ बाँकी गाउँ गाउँसम्म सडक विस्तार गर्दैछाै। सामाजिक सुरक्षाका कामलाई प्रभावकारी बनाउन जोड दिएको छु ।

म निर्वाचित भएर आउनु पूर्व र अहिलेको अवस्थालाई तुलना गर्दा धेरै परिवर्तन भएको मुल्यांकन गर्छु । विकासे गतिविधिसँगै पहिलेको तुलनामा हाल यहाँका जनताको क्षमता विकास तथा सकारात्मक रोचाईमासमेत परिवर्तन आएको छ । यसरी सबै क्षेत्रमा शुन्यबाट सुरु भएको कामले तीव्र्र रुप लिदैछ ।

भौगोलिक कठिनाईले विकासमा के कस्ता समस्या छन् ?

पूर्व, पश्चिम दुरीमा भौगोलिक कठिनाईले विकासे गतिविधि सञ्चालन गर्न समस्या छ । जबसम्म हामि समस्या र चुनौतीसँग लड्दैनाँै तबसम्म विकास आफै हुने चिज पनि होइन ।

त्यसैले विगतका बर्षहरुमा हामिले भौगोलिक कठिनाइलाई समस्याका रुपमा लिए पनि अहिले अवसरको रुपमा लिएका छौ । यहि अवसरकै कारण हामीले गाउँपालिकाभर विद्युतियकरण गर्ने तयारी थालेका हाैँ सका लागि २५ करोडमा टेण्डर गरेर काम गर्ने तयारी भईरहेको छ । अबको दुई बर्षभित्र शतप्रतिशत जनताको घरमा बत्ति बल्छ । यस्तै विकाका लागि दक्षजनशक्ति अभाव र बजेटको कमिले चुनौती थपिएको छ ।

खानेपानीको समस्या समाधानका लागि के पहल भइरहेको छ ?

हरेक नागरिकलाई स्वच्छ, सफा र शुद्ध खानेपानीको पहुँजमा पु¥याउन पालिका लागि परेको छ । जसअन्र्तगत एक घर एक धारो निर्माणका लागि आवाश्यक बजेटसहित बृहत खानेपानी आयोजनाको काम सञ्चालन गरिरहेका छौ ।


अधिकांश गाउँ टोलमा खानेपानीको समस्या समाधान हुँदै गएको छ । निर्माण आयोजना सम्पन्नपछि खानेपानी समस्या पनि अन्त्य हुनेछ । यसको दिगो समस्या समाधनका लागि सुख्खा क्षेत्रमा बृक्षरोपणका कार्यक्रम पनि जारी छन् । शहरी खानेपानी योजना पनि सञ्चालन गर्दैछौँ ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा के कस्ता कार्यक्रम छन् ?

पहिलेका स्वास्थ्य चौकीलाई व्यवस्थीत बनाउनुका साथै थप स्थापना गरिएका सात वटा स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाई बलियो बनाएका छाँै । एम्बुलेन्स पुग्न नसकेका हरेक गाउँ टोलमा एम्बुलेन्स पु¥याउने, स्वास्थ्य चौकिमा आवाश्यक दरबन्दी र औषधि उपकरणको व्यवस्थापन गर्ने जस्ता क्रियाकलाप भइरहेका छन् ।

विशेष गरी स्वास्थ्य क्षेत्रको सुधार पनि हाम्रो मुख्य प्राथमिकता हो । भने शिक्षाका क्षेत्रमा विद्यालय मर्च गरी विद्यार्थी अनुपात अनुसार शिक्षक दरबन्दी पुर्ती गर्ने तयारीमा छौँ । यसका लागि प्रदेश र संघीय सरकारसँग समन्वय जारी छ ।

पालिकालाई कृर्षिमा आत्मनिर्भर बनाउन के कस्ता कार्यक्रम छन् ?

हामि मासुजन्य चिजमा आत्मनिर्भर छैनौ । तर मासुजन्य चिजमा आत्मनिर्भर छौ । हरेक बर्ष यहाँबाट खसीबोका, कुखुरा निर्यात भइरहेका छन् । सोही अनुसार आवाश्यक कार्यक्रम गर्दैछाँै । अहिले निर्यात भन्दा आयातनै बढि हुन्छ ।

तर केहि वर्षभित्र कृषि जन्य वस्तु निर्यात गर्नेगरी उत्पादन बढाउने तर्फ गाउँपालिकाको जोड छ ।
यहाँ सम्भावना धेरै भएपनि कृर्षिमा उपलब्धि हुन सकेको छैन । खण्डिकृत जग्गाका कारण यहाँका नगरिकले जीवन निर्वाहको लागि मात्रै खेती प्रणाली अपनाएका छन् । यसमा प्रदेश र संंघीय सरकारले पनि नयाँ नीति लिनुपर्छ ।

यहाँ मकै, कोदो र भटमास प्रसस्त उत्पादन हुन्छ । तर स्थानीयले खाँदैनन् । भिटामिन तथा पौष्टिक तत्व धेरै भएका यस्ता अन्नबाली निर्यात भईरहेको छ । भने सेतो चामल किन्ने बानीले समस्या छ । त्यसैले खानेबानीको विकास गर्न सचेतनाका कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।

तपाइँले भ्रष्टाचार गरेकै कारण अपहरणमा पर्नुभयो भन्ने छ नी ?

यो अनाआवाश्यक हल्ला हो । मैले पाँच रुपैया पनि भ्रष्टाचार गरेको छैन । यो कसैले पृष्टि गर्छ भने म पदबाट राजिनामा दिन तयार छुँ । बढि रकमको त कुरै छैन । पाँच रुपैया पनि भ्रष्टाचार गरेको छैन ।

म अपहरण पर्नुको कारण भ्रष्टाचार नभएर कमिसन खान नपाएको कारण हुनसक्छ । मेरो ईमान्दारीताप्रति यहाँका नागरिकले साथ दिएका छन् । तर उपभोक्ता समिति लगाएतका केहि विकासका बाधक बन्न खोज्ने व्यक्तिहरु मेरो पारदर्शिताप्रति डाहा गरिरहेका छन् ।

मैले हरेक विकासका आयोजनामा पारदर्शिता कायम गराउँदै अनियमितताको अन्त्य गर्ने पहल गरेपछि केहि व्यक्तिहरु रुष्ट पनि छन्् । त्यसैले म अपहरण भ्रष्टाचार गरेको कारणले परेको होइन । भ्रष्टाचार हुन नदिएर हो । यहाँ डोजर सञ्चालकदेखि उपभोक्ताहरु अनियमितता गर्न नपाएर रीसाएका छन् । यो मेरो भनाइ मात्रै होइन । यहाँका नागरिकसँग सोधेर सत्य कुरा पत्ता लगाउन पनि सक्नुहुन्छ ।

अन्तमा अबको बाँकी कार्यकालमा गर्नुपर्ने काम सहित केहि भन्नु छ ?

विकासका लागि गर्न पर्ने काम त कहिल्यै अन्त्य हुँदैन । समय र आवाश्यकताका आधारमा काम गर्दै जानेछौ । नागरिकका आधारभुत आवाश्यकतासँग जोडिने सबै क्षेत्रमा सुधार ल्याउने काम जारी रहनेछ । सबै वडावडाका सडक कालोपत्रे गरीने छ ।

विशेष गरी गाउँपालिका उज्यालो कार्यक्रम नै हाम्रो मुख्य जोड हो । सोही अनुसार काम पनि भईरहेको छ । मेरो बाँकी कार्यकालभित्र गाउँपालिका उज्यालो बनाउने छुँ । जसले यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रमा विद्युतले सुधार ल्याउने अपेक्षा छ । सँधै हाम्रो स्थानीय सरकार नागरिकको सेवामा कटिबद्ध छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार