स्याउ बगैचा व्यवस्थापन गर्दै किसान

कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिकाको लेकाली क्षेत्रहरुमा स्थानीय किसान स्याउको बगैचा व्यवस्थापनमा व्यस्त छन् । उनीहरु आ–आफ्नो बगैचामा रहेका स्याउका बिरुवा काँटछाँट गर्ने, जरामा किरा नलागोस् भनेर बाडोपेष्ट लगाउने, मल हाल्ने, सिचाईं गर्ने, हिउँ तथा बर्षाको पानी संकलनका लागि प्लाष्टिक पोखरी बनाउने काममा लागिपरेका छन् ।

खाँडाचक्र नगरपपालिका कृषि शाखा प्रमुख प्रशुराम काफ्लेको सहयोगमा बगैचा व्यवस्थापनका साथै किसानले ज्ञान पनि सिक्ने अवसर पाएका छन् । जिल्लाका अन्य स्थानीय तहमा पनि स्याउको व्यवसायिक खेति गरिरहेका कृषकले समेत स्याउ बगैचा व्यवस्थापनमा जुटेका छन् । कृषि प्राविधिक काफ्लेले खाँडाचक्र नगरपालिकामा स्याउका बगैचा व्यवस्थापनका लागि अभियान नै थालेको बताए ।

उनले यस सिजनमा बैगचा व्यवस्थापन गर्दा किराहरु नियन्त्रण हुने, धेरै फल लाग्नेलगायतका कारण किसानलाई स्याउ बगैचा व्यवस्थापन अभियानमा सहभागी गराएको बताए । उनले खाँडाचक्र नगरपालिकाको लेकाली क्षेत्रहरु तामा चौर, दुदिल डाँडा, भल्चरा, खापरमष्टा चौर, अटा चौर, बैसपानी, गोठी चौर, दह वन, तालाखोर, गोरेकाँडा, मेहिनमेलीलगायतका ठाउँमा रहेका स्याउका बगैचा व्यवस्थापन अभियान थालिएको जानकारी दिए । स्थानीय ब्रिजित बिष्टले आफ्नै बगैचामा कृषि प्राविधिकको साथमा स्याउको बगैचा व्यवस्थापन गरी सीप सिक्ने अवसर पाएको बताए । उनले भने, ’बगैचा पनि व्यवस्थापन भए ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार