लागुऔषध नियन्त्रणमा आक्रामक बन्दै प्रहरी
मुग : गत साउन ७ गते मुगुस्थित रारा विमान स्थलबाट दुई ग्राम २५ मिलीग्राम परिमाणको ब्राउन सुगरसहित प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लियो । २२ दिन हिरासतमा बसेपछि मुगु जिल्ला अदालतको आदेश अनुसार सोही महिनाको २९ गते एक लाख २० हजार रुपैयाँ धरौटीमा उनी छुटे ।
गत कार्तिक १८ गते रारा विमान स्थलबाटै अर्का २४ वर्षीय युवकलाई पनि नाइट्राभेट ३५ र ट्माडोल चार टयाप्लेट लागु औषधसहित प्रहरीले नियन्त्रणमा लियो ।
युवक एक महिना हिरासतमा बसेर मंसिर १८ गते अदालतकै आदेश अनुसार एक लाख धरौटीमा रिहा भए ।
यहि महिनाको २१ गते सदरमुकामको कृष्ण चोकनजिक रहेको चन्दननाथ होटलबाट ०.१० मिलीग्राम ब्राउन सुगरसहित एक जोडी युवा युवतीलाई प्रहरीले नियन्त्रणमा लियो । उनीहरुमाथि अहिले थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए। लागुऔषधका ९ मुद्दा दर्ता गत साउनबाट यता नेपाल प्रहरीले लागुऔषध सम्वन्धमा नौ वटा मुद्दामा १२ जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा मुद्दा चलाइरहेको छ ।
यो अवधिमा प्रतिवादीहरुबाट प्रहरीले दुई ग्राम ६३ मिलीग्राम ब्राउन सुगर, १७३० ग्राम ९५ मिलीग्राम चरेश र नाइट्राभेट ३५, ट्माडोल ४ टयाब्लेट बरामद गरेको छ। जिल्लामा युवायुवतीहरु पछिल्लो समयमा चरेश,ब्राउन सुगर र ट्याब्लेट जस्ता लागुऔषध दुर्व्यसनीमा फस्दै गएपछि लागुऔषध सेवन र ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीहरु सक्रिय रुपमा खटिएका छन्न् ।
उनीहरुलाई लागु औषध नियन्त्रणमा शून्य–सहनशीलता अपनाउन निर्देशन दिईएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए । आफू आएपछि मात्र जिल्लामा ८ वडा लागुऔषध घटनामा नौ जना विरुद्ध मुद्दा चलेर धरौटीमा छुटेका र दुई जनामाथि अनुसन्धान चलिरहेको प्रनाउ साहले बताए । लागुऔषध सेवनकारी र कारोबारी बढदै गएपछि प्रहरी कठोर रुपमा प्रस्तुत भएको र दिनरात नभनि नाका–नाका र शंकास्पद स्थानमा चेकजाँच बढाएको पनि प्रहरीले दाबी गरेको छ ।
विगत वर्षहरुमा भन्दा अहिले प्रहरीले सकारात्मक काम गर्दै गएको र युवाहरुलाई दुर्व्यसनीबाट बचाउन सक्रियता बढाएकोमा नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्लले प्रहरीको प्रसंशा गरे । उनी भन्छन्न् ’विगतमा मुगुमा लागुऔषधको कारोबार शून्य हुने गरे पनि गाडी र हवाईजहाजको सहजतासँगै लागुऔषधका नयाँ–नयाँ प्रकार भित्रिएकाले अझै सुरक्षा निकायले जिल्लामा भित्रने मालबाहक, यात्रुवाहक र हवाई जहाजमा जाँच बढाउनु पर्छ ।’
प्र
भावकारी बन्दै समुदाय–प्रहरी साझेदारी गत बर्ष लागुऔषध घटनामा एक जना प्रतिवादी रहेको र विभिन्न घटनाका विरुद्ध ४१ वटा उजुरी परे भने चालू वर्षको मध्यमै लागुऔषधमा ९ वटा गरी कुल ८२ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयको रेकर्डमा देखिन्छ । विगत वर्षहरुभन्दा यो वर्षमा किन घटनाका परिमाण धेरै भए त ?
यो प्रश्नको जवाफमा प्रहरी नायव उपरीक्षक साह भन्छन्, ‘प्रहरी र समुदायबीचको सम्वन्ध विगत वर्षहरु भन्दा प्रगाढ भएको र समुदायसँग मिलेर काम–कारबाहीहरु अघि बढाउँदा सकारात्मक परिणाम आएको छ ।’ गृह मन्त्रालयको कार्ययोजना अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम टोलदेखि जिल्लास्तरसम्म सञ्चालित छ। प्रत्येक समितीमा स्थानीयहरुको सहभागीता छ।
समुदायको पनि साथ आपराधिक घटना र लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरुलाई नियन्त्रण लिन समुदायको पनि साथ रहेको प्रहरीले बताएको छ। समुदायऔप्रहरी साझेदारीले गाँउघरमा कतै झै–झगडा, अस्वभाविक क्रियाकलाप र लागुऔषधको कारोबार भएमा स्थानीय समितीका सदस्यहरुले सीधै नजिकको प्रहरीमा खबर गर्ने भएकाले संलग्न व्यक्तिहरुलाई नियन्त्रण लिन सहज भएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।
मुगु जिल्लामा २७० वटा टोल, वडा, विद्यालय, पालिका र जिल्लास्तरीय समिती गठन भएका छन्। प्रत्येक दिन ती समितीहरुसँग मिलेर नेपाल प्रहरीले सामुदायिक र जनचेतना मुलक कार्यक्रम गरिरहेको छ । गत साउन यता ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत जिल्लाभर विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।
