दशौं राष्ट्रिय खेलकुद कर्णालीमा

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने पक्का भएको छ । २०७९ सालमा हुने प्रतियोगिताका लागि पूर्वाधारको खोजी गर्न थालिएको छ । केन्द्र सरकारले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कर्णालीका सवै जिल्ला खेलकुद विकास समितिलाई ५० लाखका दरले बजेटसमेत पठाइसकेको छ ।

सुर्खेत जिल्ला खेलकुद विकास समितिको पहलमा खेलसँग सम्बन्धित पदाधिकारी, प्रशिक्षक, खेलाडीहरुबीच शनिबार छलफल गरी १० औं राष्ट्रिय खेलकुदलाई कर्णालीमा सफल बनाउन भौतिक पूर्वाधारको खोजी गर्नुपर्नेमा एकमत भएका छन् ।


जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राम वलीले प्रतियोगिताका लागि सुर्खेतमा प्याराफिट सहितको ३ वटा कवर्डहल निर्माण तत्कालै निर्माण गरिने जनाए ।
त्यस्तै सुर्खेतमा फुटवल, पौडी, क्रिकेट, एथ्लेटिक्स लगायतका खेलमा प्रतियोगिता गराउन पूर्वाधार निर्माणका लागि बजेटको पहल हुनुपर्ने र रंगशाला निर्माण कार्य समयमैं हुनुपर्ने समितिको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार