जहाँ चुनौती, त्यहाँ आनन्द : आनन्द चपाई

संयुक्त परिवारमा जन्मिएका आनन्द चपाई यातायात व्यवस्था कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख हुन् । बुवा लक्ष्मीप्रसाद चपाई र आमा रत्नादेवी चपाईको कोखबाट २०२२ साल चैत्र १५ गते साविक रुतुमा उनको जन्म भएको हो । आनन्द १५ भाईबहिनी मध्ये चौंथो सन्तान हुन् । सधै चुनौतीसँग रमाउन सक्ने चपाईले निजामति क्षेत्रको अनुभव र जीवनका भोगाइहरु हामीसँग साँटेका छन् । प्रस्तुत छ, कुराकानीको शारासं  :
आनन्द चपाई
(कार्यालय प्रमुख) यातायात व्यवस्था कार्यालय, सुर्खेत

गाउँमा एसएलसी पास गर्ने पहिलो व्यक्ति

तत्कालिन रतु गाउँपञ्चायतको पारे गाउँमा मेरो जन्म भयो । गाउँमै धुलो र माटोमा रमाउँदै बाल्यकाल वित्यो । नेपाल राष्टिय प्रावि पारेगाउँबाट औपचारिक शिक्षाको सुरु गरेँ । ऊबेला म कक्षामा सबैभन्दा सानो थिएँ ।

गाउँमा कक्षा तीनसम्म पढाइ हुन्थ्यो । कक्षा चारदेखि सातसम्म अम्मरज्योति (तत्कालिन निमाविमा) अध्ययन गरेँ । जनव्यवसायिक मावि (हालको जन मावि) बाट कक्षा आठदेखि एसएलसी सम्मको अध्ययन पुरा गरेँ । पढाइमा मध्यम खालको विद्यार्थी थिएँ ।

२०३८ सालमा एसएलसी पास गरेको हुँ । हाम्रो गाउँमा म एसएलसी पास गर्ने पहिलो व्यक्ति बन्न पुगेछु । प्रविणता प्रमाणपत्र तह (कक्षा ११ र १२) र स्नातक तह तत्कालिन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट उत्तीर्ण गरेँ । जागिरमा व्यस्त भएपछि डिग्री (स्नातकोत्तर) गर्ने धोको पुरा भएको छैन ।

मेरो पहिलो तलवले भाईबहिनीलाई कपडा किनिदिएँ

एसएलसी पछिको पढाइ विहानमा हुन्थ्यो । अध्ययनलाई निरन्तरता दिन आफै संघर्ष गर्नुपर्ने अवस्था आयो । धेरै भाइबहिनी भएका कारण मैले आफ्नो खर्च आफैले जुटाउनुपर्ने बाध्यता थियो ।

जसलेगर्दा विहान क्याम्पसमा अध्ययन गर्ने र दिउँसोमा जागिरको खोजी गर्ने सोच बनाएँ । जागिर खोज्दै जाँदा तत्कालिन जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पञ्जीका अधिकारीको रुपमा काम गर्न थालेँ । करिव एकवर्ष विहान क्याम्पस र दिउँसो अफिस गरेर पढाइ र जागिर सँगसँगै भयो ।

त्योबेला चारसय २० रुपैयाँ तलव थियो । पहिलो महिनाको तलवबाट मैले कपडा किनेको थिएँ । घरमा धेरै भाईबहिनी भएका कारण भनेजस्तो कपडा लगाउने सक्ने अवस्था थिएन । जसले गर्दा मेलै पहिलो तलवबाट पाइन्ट किनेको थिएँ ।

शिक्षक छाडेर मुखिया

२०४१ सालमा नेपाल राष्टिय प्रावि पारेगाउँमा प्रावि तहको शिक्षक भएर सेवा गरेँ । स्नातक तहको पढाइमा असरपर्ने भएपछि धेरै समय त्यहाँ पढाउने मौका पाएन । शिक्षक सेवा आयोगले लिएको परीक्षामा सफल भएपछि २०४३ साल साउन १ गतेदेखि स्थायी शिक्षक भएर पुन : नेपाल राष्टिय प्रावि पारेगाउँमै पुगेँ ।

२०४४ साल चैत्र २८ गतेबाट लोकसेवा आयोगबाट मुखिया पदमा नियुक्ती भएँ । तहका हिसावले प्राविको शिक्षकभन्दा मुखिया पद सानो हो । तर कर्मचारीतर्फ नै रुची भएकाकारण शिक्षक छोडेर मुखिया पदको जागिरी सुरु गरेँ । लामो समय मुखिया पदमै रहेँ । सुर्खेतको तथ्याङ्क कार्यालय, वीरेन्द्रनगर योजना कार्यालय, क्षेत्रिय आवासमा काम गरेँ ।

२०४४ सालमा कृषि तथ्याक उपशाखा कार्यालय सुर्खेतबाट सुरु गरेको जागिरले २०५५ सालमा खरिदार भएर सहकारी कार्यालय नेपालगञ्ज पुगेँ । नेपालगञ्जको बसाइ धेरै लामो बन्यो । नेपालगञ्ज रहदा सहकारी कार्यालय, सडक कार्यालय, कृषि तालिम केन्द्र र जनस्वास्थ्य रहेक सेवा गरेँ । २०६६ सालमा नासु भएर जिल्ला स्वास्थ्य कार्यालय रोल्पा पुगे । दुई वर्षको रोल्पा बसाईपछि पुनः जिल्ला स्वास्थ्य कार्यालय बाँकेमै फर्किएँ ।

गाविस सचिव भएपछि नगरपालिकाको सपना देखेँ

२०७० सालमा जिल्ला विकास समितिको कार्यालयमा सुर्खेतमा फर्किएँ । सुर्खेत आएपछि रामघाट गाविसमा सचिव भएर पुगेँ । त्यतिबेला रामघाट गाविस नमूना गाविसका रुपमा चिनिन्थ्यो ।

रामघाटमा रहँदा स्थानीयले अतिक्रमण गरेको गाविसको जग्गा, लालिगुराँस माविको जग्गा, बसपार्कको जग्गा फिर्ता गराएँ । त्योभन्दा महत्वपूर्ण काम आफै जग्गा किनेर जनस्वास्थ्यको भवन बनाएँ । त्यतिबेला रामघाट र छिन्चु गाविसलाई मिलाए पूर्वमा एउटा नगरपालिकाको सपना देखेँ ।

फराकिलो बस्ती र प्रशस्त सार्वजनिक सम्पत्ति भएकाकारण सम्पन्न नगरपालिका बनाउनका लागि अभियान थाल्यौँ । तत्कालिन राजनीतिक दलको सर्वदलिय संयन्त्र र कर्मचारी साथीहरुको अभियानले सफलताले नै भेरीगंगा नगरपालिका जन्मियो । जुन जीवनको एउटा महत्वपूर्ण काम थियो ।

भेरीगंगा नगरपालिको बनाएपछि कुनाथरी गाविस सचिवको रुपमा खटिएँ । राज्यको पुनर्संरचनापछि करिव एकवर्ष बराहताल गाउँपालिकामा काम गरेँ । त्यसपछि सिँचाइ डिभिजन कार्यालय कार्यालय दैलेखमा पुगेँ । २०७६ साल बैशाख २२ गतेदेखि यातायात कार्यालयमा कार्यरत छु ।

सुर्खेतबाट लाइसेन्स वितरण गर्नु उपलब्धि

म सुरुदेखि नै चुनौतिमा रमाउने मान्छे हुँ । रामघाटमा गाविस सचिव भएको समयमा सार्वजनिक जग्गा अत्तिक्रमण गरेर बसेका स्थानीयबाट ठूलो धम्की दिएका थिए । तर भेरीमा बगाइदिने धम्की दिए पनि काम गर्ने जाँगर चल्यो ।

कर्मचारी समायोजनपछि यातायातमा आउँदा सुर्खेतबाट लाइसेन्स वितरण गर्नु चुनौति थियो । सुर्खेतबाट लाइसेन्स वितरण गर्छुभन्दा कतिपयले ख्यालठट्टा नगर्नुस पनि भन्थे । तर कसो नसकिएला र भनेर आँट गरेँ । संयोगले निमित्त कार्यालय प्रमुख हुने मौका मिल्यो ।

यही मौकामा मैले चुनौति मोलेर वीरेन्द्रनगरबाट सवारी चालक अनमतिपत्र (लाइसेन्स) वितरण गर्न सफल भएँ । मलाई कार्यालयका कर्मचारी साथीहरु, प्रदेश सरकार र यातायात व्यवस्था विभागले साथ दियो । माग ५ गतेदेखि सुर्खेतबाट सवारी लाइसेन्स वितरण गर्न सफल भयौंँ ।

जुन जीवनको सबैभन्दा ठूलो र ऐतिहासिक उपलब्धिका रुपमा लिएको छु । जसलेगर्दा पहिलो पटकमा २३ जनाले लाईसेन्स लिन सफल भएका छन् ।

लाइसेन्स वितरण पारदर्शी हुनेछ

विगतका दिनहरुमा विभिन्न ठाउँबाट पैसा दिएर लाइसेन्स दिइन्छ भन्ने सुन्न पाइन्थ्यो । अहिले पनि त्यस्तो सुन्न पाइन्छ । तर सुर्खेतको हकमा पैसा खाएर लाइसेन्स वितरण हुनेछैन । लाइसेन्स परीक्षालाई निष्पक्ष र पारदर्शी बनाउन प्रयोगात्मक परीक्षा हनुे ठाउँ (ट्रायल सेन्टर) मा सीसी क्यामेरा जडान गरेका छौँ ।

सार्वजनिक रुपमा र सीसी क्यामेराबाट ट्रायल परीक्षालाई निगरानी गर्दै आएका छौँ । तसर्थ विगतको अभ्यास के थियो त्यो छोडिदिनोस् । तर अनलाइबाट फर्म भरेकाले लिखित परीक्षामा सहभागी हुनुपर्छ । लिखित परीक्षामा निष्पक्ष चेकजाँच हुन्छ ।

ट्रायलमा त सीसी क्यामेरा जडान गरेका छौँ भने टाफिक कर्मचारी र कर्मचारीको प्रयासबाट लाइसेन्स वितरण गछौँ । कसैले पैसा दिएर लाइसेन्स लिन्छु भन्ने सोचेको छ भने सुर्खेतको हकमा त्यो सपना मात्रै हुनेछ ।

घुस खानेलाई बर्खास्त गर्नुपर्छ

हकुनै पनि देशको सेवा सुविधा देशको अर्थतन्त्रमा निर्भर रहन्छ । अहिले सार्क मुलुक र एशिया महादेशभित्र सबैभन्दा कम सेवा सुविधा लिएर काम गर्ने नेपालका कर्मचारीहरु हौँ । जसले गर्दा कर्मचारीमा भ्रष्टाचारको प्रवृति हट्न सकेको छैन ।

सरकारले कम्पतीमा परिवार पाल्न सक्ने बराबरको सुविधा दिन सक्नु पथ्र्याे । राज्यले कर्मचारीलाई बाँच्न सक्ने तलव सुविधा दिन सक्नुपर्छ । तर यति गर्दा पनि कुनै कर्मचारीले घुस खान्छ भने त्यसलाई राज्यले तत्काल पदबाटै बरखास्त गर्न सक्नुपर्दछ ।

अवकाशपछि समाज सेवामा जुट्नेछु

२०६० सालमा बर्दियाबाट तीर्था बस्नेतसँग मैले मागी विहे गरेँ । माग्न जाँदा उनलाई मेरो बारेमा थाहा थिएन । घरमा पुगेपछि बुवाआमासँग कुराकानी भयो र मागेको दुई महिनापछि तीर्थालाई घरमा भित्र्याएको हुँ ।

विहे भएको पाँच वर्षपछि अर्थात २०६५ साल साउन ३० गते पहिले सन्तान (आदित्य कृष्ण) जन्मिको बेला जीवनमा निकै खुशी भएँ । किनकी धेरै समयपछि म वुवा बन्ने अवसर पाएको थिएँ । छोरा जन्मिदा जीवनले सार्थकता पाएको महसुश भएको थियो । त्यस्तै केही दुःखका क्षणहरु पनि छन् । म बाल्यकालमा आमा बुवाभन्दा पनि बाजेबजैको काखमा हुर्किएँ । त्यतिबेला आमा बुवाभन्दा पनि बाजे बजैको माया बढी लाग्थ्यो ।

तपाईको प्रतिक्रिया