रोडिज : अनुपविक्रम घाइते

रोडिजको जर्नी राउन्ड जारी छ । ग्रीन, ब्लु, एल्लो र रेड टिमका दुई–दुई टिम भिड्नुपर्ने थियो। यसमा दुई जनाले पानी बोकेर आफ्नो बाँसमा उभिएको साथीलाई पानीदिनुथियो । कठिन काम गर्नुपर्ने यस पटकको जर्नी अरु बेलाको भन्दा कठिन नै थियो ।

एक जनाले बाँसमा पानी बोक्ने र अर्को बाल्टीमा भर्ने खेल थियो । बाँसमा टेकेर हिँड्दै आफूभन्दा माथि रहेको बाल्टी भर्न आठ बाल्टी पानी पाँच मिनेटमै ओसार्ने काम थियो । बाल्टीमा भरिएको पानी अलिकति पनि पोख्न नपाइने भएकाले यो जर्नी निकै कठिन थियो ।

यसमा सबैभन्दा धेरै पानी लाहुरे टिमका सुजन सुवेदीले सबैभन्दा धेरै पानी भर्ने काम गरे। दोस्रो पटकको खेलमा अनुप र दिया भिडेको थियो । रेड टिमका लिडर अनुप बाँसमा पानी बोकेर ओसार्ने क्रममा बाँसमा लडेका थिए। लिडर अनुप आफैँ दुर्घटनामा परेपछि केहीबेर गेम रोकिएको थियो । त्यसको केही समयपछि पुनः खेललाई जारी राख्दा उनले पहिलेको गति समात्न सकेनन् ।

तपाईको प्रतिक्रिया