झोलिएको, शिथिल, भद्दा वा अस्वभाविक सानो स्तनलाई आकर्षक मानिदैन । जबकी महिला सौन्दर्यकै एक हिस्सा हो स्तन । त्यसैले अनाकर्षक स्तनले समग्र सौन्दर्यमा असर गर्छ । गर्भावस्था, हर्मोनको उतार–चढाव र बढ्दो उमेरसँगै स्तनको सौन्दर्य पनि फिका हुँदै जान्छ । यो प्राकृतिक प्रक्रिया नै हो । यद्यपि स्तनको सौन्दर्य कायम राख्न सकिन्छ । यसका लागि अहिले विभिन्न विधि अपनाउने गरिन्छ ।
कृतिम तरिकाले पनि स्तन सुडौल बनाउन सकिन्छ । सर्जिकल विकल्प पनि उपलब्ध छ । यद्यपी सबैभन्दा राम्रो विकल्प हो, प्राकृतिक तरिका । प्राकृतिक विधीबाट स्तन सुडौल बनाउन सकिन्छ यो प्रभावकारी पनि हुन्छ । उन्नत र पुष्ट स्तनका लागि स्वास्थ्य पनि राम्रो हुनुपर्छ । शरीरलाई सहि पोश्चरमा राख्नुपर्छ । पोष्टिक भोजन नियमिन रुपले लिनुपर्छ । पुरा निन्द्रा लिनुपर्छ । मानसिक रुपले शान्त रहेर खुसी हुने प्रयास गर्नुपर्छ । यसा साथै हातले गर्ने काम गर्नुपर्छ, जसले स्तनको व्यायाम हुन्छ । स्तनको मसाज गर्नुपर्छ ।
यसले अविकसित वा सिथिल स्तन पुष्ट हुन्छ । स्तनलाई आकर्षक बनाउनका लागि केहि व्यायाम वा योगासन हुन्छ । त्यस्ता व्यायामलाई विधिपूर्वक अभ्यास गर्नुपर्छ । पुशअप जस्ता व्यायामले छाती कसिलो र आकर्षक बनाउन सकिन्छ । यससँगै उचित साइजको ब्रा लगाउनुपर्छ । ब्राको साइज सही हुनुपर्छ । जगिङ जस्तो व्यायाम गर्दा स्तन झोलिने हुन्छ यस्तो बेला स्पोर्ट्स ब्रा लगाउनुपर्छ ।
पुश अप
– आफ्नो दुबै हातको बलमा शरीरलाई उठाउने । कुहिना सिधा बनाउने ।
– शरीरलाई भूँइ अर्थात सतहमा सुताउने र र हातको बलले उठाउने ।
यसो गर्दा शरीर, खुट्टाको भाग खुम्चाउनु हुँदैन ।
– पुशअप गर्दा केवल कुहिना मोड्नुपर्छ शरीरको अन्य भाग मोड्नु हुँदैन । शरीरलाई तल लाने र माथि उठाउने अभ्यास गर्नुपर्छ । यस्तो अभ्यास निरन्तर २०–२५ पटक गर्नुपर्छ ।वाल पुशअप
– भित्ताबाट करिब डेढदेखि दुई फिटको दुरीमा उभिने । आफ्नो उचाइ अनुसार दुरी कम वा ज्यादा गर्नुपर्छ ।
– दुबै हात सिधा गरेर भित्तामा राख्ने ।
– अब शरीरलाई भित्तामा झुकाउने र उठाउने अभ्यास गरौं । यस किसिमको पुशअप ३५ देखि ४० पटक गर्नुपर्छ ।
चेस्ट डिप्स
– दुबै हातलाई कम्मरभन्दा पछाडि लाने र कुनै कुर्सी वा बेन्चमा लगरे अड्याउने । बसेको पोजिसनमा घुँडालाई थोरै मोड्ने ।
– अब हातको कुहिना मोड्दै शरीरलाई तल र माथि गराउने ।
– यो प्रकारको चेस्ट डिप्स १५ देखि २० पटकसम्म गर्नुपर्छ ।चेस्ट स्कीज
– बेन्च वा कुर्सीमा बस्ने । कम्मर सोझो पोजिसनमा राख्ने । दुबै हातले एउटा बल समात्ने ।
– दुबै कुहिना र बल काँधभन्दा माथि उठाउने ।
कसरी मसाज गर्ने ?
– एउटा हातको हत्केला स्तनको तल राख्ने । स्तनलाई हातमा राख्न दिने र अर्को हातलाई स्तनको माथि राख्ने ।
अब दुै हातले गोलाकार घुमाउँदै मालिस गर्ने ।
– अब माथिको हात तल र तलको हात माथि राखेर मालिस गर्ने ।
कसरी रोक्ने सिथिलता ?
यसका लागि प्राकृतिक उपाय छ । जस्तो कि, योग, व्यायाम, मसाज । स्तनलाई सुडौल बनाउने आफ्नै किसिमको व्यायाम हुन्छ । व्यायाम गर्नुअघि स्पोर्टस् ब्रा लगाउनुपर्छ, जसले प्रत्येक जम्प वा स्टेपमा स्तनलाई कसिलो बनाउँछ ।
युग संवाददाता । । २५ माघ २०७६, शनिबार १२:५२