बिचाराधिन मुद्दाहरु फैसला हुन समय नलाग्ने : न्यायाधीश डा‍. राजेन्द्र

नन्दराम खनाल

चौकुने : जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा‍. राजेन्द्र प्रसाद आचार्यले बिचाराधिन मुद्दाहरु अब फैसला हुन धेरै समय नलाग्ने बताएका छन । शुक्रबार चौकुने गाउँपालिकाको गुटुमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

सुर्खेत जिल्लाका नौ ओटा स्थानीय तह मध्ये चौकुने गाउँपालिकामा रहेको न्यायपालिकाले के-कस्ता काम हरु गरिरहेको छ, कस्ता मुद्दा आउछन् , गाउँपालिकाले कसरी मेलमिलापको काम गरेको छ, त्यस्को अनुगमन गर्न चौकुने पुगेका न्यायाधीश डा. आचार्यले जिल्ला अदालत अब पहिलाको जस्तो नभएको बताए ।

जिल्ला अदालतमा मुद्दा दर्ता भएको एक वर्ष भित्र नै फैसला गर्ने गरि काम भैरहेको समेत जानकारी दिए । न्यायाधीश डा. आचार्यले जिल्ला अदालत बाट छिटो छरितो रुपमा न्याय प्रदान गरिने, अदालत आउँदा कोहि कसैलाइ तेस्रो व्यक्तिको सहयोग नचाहिने र तपाईको समस्यामा अदालतले नै सहयोग गर्ने हुँदा अन्याय परेका व्यक्तिहरुलाई प्रभावकारी रुपमा समयमै अदालतले न्याय प्रदान गर्न अग्रसर भएकाे बताए ।

कार्यक्रममा  गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले न्यायीक व्यवस्थापनका लागि नितिगत र प्रशासनिक व्यवस्था प्रभावकारी बनाईने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेलले स्थानीय न्यायीक समितिबाट सम्पादन गरिने कामका लागि आवश्यक आर्थिक, प्राविधिक, प्रशासनिक व्यवस्थापन गरि भरपर्दो सेवा प्रवाह व्यवस्था मिलाउने कार्यको शुरूवात गरिएको बताए ।

नेपालको संविधानले स्थानीय तहमा न्यायीक समितिको व्यवस्थापन गरेको छ । गाउँपालिका उपाध्यक्ष र उपप्रमुखको संयोजककत्वमा तीन सदस्यीय समितिले मेलमिलाप र फैसलाको माध्यमबाट न्याय प्रदान गर्ने व्यवस्था छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश द्वय डा. राजेन्द्र प्रसाद आचार्य र प्रलाद कुमार योगिले स्थानीय न्यायीक समितिबाट सम्पादन गरिएका काम र गाउँपालिकाले स्थापना गरेको इजलासको अनुगमन गर्नु भएको थियो ।

चौकुनेमा न्यायीक कार्य गर्नको लागि कठघरा सहितको इजलास स्थापना गरिएको र सहायक स्तर पाँचौं रण बहादुर गरन्जालाई न्यायीक समितिको प्रसासनिक कार्यको जिम्मेवारी दिईएको छ । कार्यक्रममा चौकुने गाउँपालि वडा. ७ का वडा अध्यक्ष अमर बिसि र वडा न.  ८ का वडा अध्यक्ष तारकेशर सुवेदी, न्यायीक समितिका पदाधिकारी , बुद्धिजीवी, व्यापारी लगाएको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया