सिम्ताको भानु माविमा विद्यालय स्तरिय रनिङ शिल्ड सञ्चालन हुने

दुर्गा विसि

सुर्खेत : सुर्खेत सिम्ता गाउँपालिका शिक्षा शाखाको आयोजनामा र शिक्षक महासंघ सिम्ताको समन्वयमा मासिक प्रअ बैठक सम्पन्न भएको छ।बैठकले तपोशिलको निर्णय गरेको छ। भानु मावि बजेडिचौरमा फागुन ४ र ५ गते सिम्ता स्तरको रनिङ शिल्ड सञ्चालन गर्ने भएको छ ।

जसको लागि समिति गठन गरेको समेत गरिएको छ । रूद्र केसीको संयोजकत्वमा ३ सदस्यीय समिति छनौट गरिएको छ भने सदस्यमा विनय सिह ठकुरी र यज्ञ बहादुर सिह ठकुरी रहनु भएको छ । साथै उक्त प्रअ वैठ्कले प्रत्येक वडामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीको माघ २८ गते वडा स्थरीय हाजिर जवाफ प्रतियोगिता सञ्चालन गरि फागुन २ गते पालिका स्तरमा गर्ने भएको छ ।

कक्षा ६ देखि ८ सम्मको हाजिरी जवाफ प्रतियोगिता फागुन ३ गते पालिका स्तरीय बागेश्वरी माविमा गर्ने निर्णय भएको वताएको छ । त्यसै गरि कक्षा ९ देखि १२ सम्मका विद्यार्थीको समृद्ध सिम्ता सुखि सिम्तालि विषयक फागुन ३ गते बागेश्वरी माविमा वक्क्तित्वकला प्रतियोगिता सञ्चालन गर्ने जनाए छ । ३० वर्षसम्म शिक्षण पेसामा आवद्ध हुनुभएको प्रावि बागेनाका प्रअ रत्न बहादुर खड्कालाई विदाई समेत गरिएको थियो।

शिक्षा शाखा प्रमुख र पालिका स्तरका सबै प्रअ तथा प्रतिनिधिको उपस्थितिमा गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले शैक्षिक सुधारका लागि गुणात्मक परिणाम दिन सबै विद्यालयका प्रधानाध्यापकहरुलाइ निर्देश गर्नु भएको छ भने आफ्नो तर्फबाट शैक्षिक सुधारका लागि हुने र गर्ने नितिगत कुरामा कहिकतै कमि हुन नदिने वचन वद्ता व्यक्त समेत गर्नु भएको वताएको छ ।

अध्यक्ष केसिका अनुसार विद्यालयको पढाइसँगसँगै भविष्यका कर्नधारहरुको अन्य अतिरिक्त क्रियाकलापको समेत अत्यन्तै खाचो छ त्यसकारण यहि आउदो फाल्गुनमा विद्यालय स्तरीय रनिङ शिल्डको आयोजना हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया