खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया

सल्यान : सल्यानको सल्लिवजारमा खाद्य अधिकारसम्बन्धि अन्तरक्रिया भएको छ । रक्षक सञ्जालले शुक्रबार शिक्षक विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गरेको हो ।
खाद्य अधिकार संवैधानिक मौलिक हक बताउँदै अधिका प्राप्तिका लागि रोकावाला निकाय सचेत हुनुपर्ने माझमा इन्सेक सल्यानका जिल्ला सहजकर्ता रामचन्द्र रेग्मीले बताए । उनले बनगाड कुपिण्डे क्षेत्रका नागरिकले पोषणयुक्त खाना नपाएको बताए ।

त्यस्तै बनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख मञ्जु यरीले तालिका बनाएर पौष्टिक खाना खानुपर्ने बताइन । त्यस्तै खाद्य नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश सदस्य गणेश विसीले बजार अनुगमनदेखि पोषणयुक्त खान नपाएको धारणा राखे । खाद्यअधिकार अध्यक्ष सञ्जाल समूहका सचिव दुर्गा विसीले सञ्चालन गरेको कार्यक्रम इन्सेक जिल्ला प्रतिनिधि मिना वुढाथोकीले गरेकी थिइन ।

तपाईको प्रतिक्रिया