बिजुली नआएपछि पोलमा पराल

सल्यान : घर नजिकै बिजुलीका पोल गाडिएको लामो समयसम्म पनि बिजुली बत्ती नबलेपछि स्थानीयले पोललाई टौवाको रुपमा प्रयोग गर्दै आइरहेका छन् । पोल गाडेको करिब सात वर्ष बितिसकेको छ ।

पोल गाडेको यतिका समय भइसक्दा पनि कसैले बिजुली जोड्न सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ । गाउँपालिकाको बजेटबाट भए पनि बिजुली बत्ती बाल्नुपर्ने कालिमाटी गाउँपालिका–३ कालीमाटीका इन्द्रलाल भण्डारी बताउँछन् ।

‘जनप्रतिनिधिहरुलाई सोध्दा आउँछ भनेर आश्वासन मात्र दिन्छन्,’ उनले भने, ‘गाडेका पोल पनि ढल्न थालिसके, हाम्रा बाउबाजेले टुकीको भरमै आए पनि हाम्रा छोराछोरीले पनि त्यस्तै अवस्था रहन्छ कि भन्ने चिन्ता छ ।’

तपाईको प्रतिक्रिया