१६ वर्षमै बिहे गर्न पाउनुपर्ने माग

नेपालगंज : १६ वर्षमै सन्तानको बिहे गर्न पाउनुपर्ने माग गर्दै सडक अवरोध गर्ने दुई प्रदर्शनकारीलाई प्रहरीले बिहीबार दिउँसो नेपालगन्जमा पक्राउ गरेको छ ।

धम्बोझी चोकमा सडक बन्द गर्दै गर्दा प्रहरीले जानकी गाउँपालिकाको कैलासी गाउँका रामदेव मिश्रा र डुडुवा गाउँपालिका–३ की पूलमति पाललाई पक्राउ गरेको हो ।
झन्डै डेढ सयजना महिला प्रदर्शनमा थिए । विगत एक वर्षदेखि १६ वर्षमै सन्तानको बिहे गर्न पाउनुपर्ने माग गर्दै महिलाले स्थानीय सरकार र प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए ।

तपाईको प्रतिक्रिया