‘एनजीओहरु सरकारको आवश्यकतानुसार चल्नुपर्छ’ : मन्त्री रावल

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गैरसरकारी संस्थाहरु (एनजीओ) सरकारको आवश्यकता अनुसार चल्नुपर्ने बताएका छन् ।

गोगो फाउण्डेसनले आयोजना गरेको नेपालमा नागरिक संस्था सम्बन्धी कानुन संरचना र सवाल विषयक प्रदेशस्तरीय सांसद ‘नागरिक संवाद’ कार्यक्रममा मन्त्री रावलले यस्तो बताएका हुन । संघसंस्थामार्फत राज्यका लागि आउने जुनसुकै वैदेशिक सहायतालाई सरकारको आवश्यकता अनुसार चल्नुपर्ने उनको तर्क छ ।

‘कर्णाली प्रदेश सरकारले जुनसुकै संस्थालाई पनि स्वागत गर्न तयार छौंँ, तर यहाँ आउने संस्थाहरुले सरकारको आवश्यकतामा काम गर्नुपर्छ’ मन्त्री रावलले भने, ‘विकास र आर्थिक समृद्धि सरकारका प्राथमिकता हो सामाजिक संघसंस्थाले पनि आर्थिक समृद्धिकै क्षेत्रमा काम गर्नुपर्छ ।’ केही संस्थाहरुले आफ्नो निश्चित स्वार्थ पुरा गरेको भन्दै उनले नागरिकको हितमा काम गर्न सुझाव दिए ।

तर संघसंस्थाका प्रतिनिधिहरुले भने संघीयतापछि एनजीओहरुलाई विभेद गरेका व्यवहार गरेको आरोप लगाए । त्यस्तै सांसद ठम्मर बिष्टले सरकार र नागरिकसँग सहकार्य गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा गोगो फाउण्डेसनका केदार खड्काले एनजीओलाई दर्ता र नविकरण प्रक्रिया र सहायता ल्याउँदा विभिन्न बाधा अढ्चन गरेर घाँटी निमोठ्ने काम गरेको आरोप लगाए ।

यज्ञबहादुर कार्कील गैरसरकारी संस्थाहरुले अपाङ्ग केन्द्रित कार्यक्रम ल्याउर्ने बताए । गैरसरकारी संस्था महासंघका कर्णाली अध्यक्ष हरि अधिकारीले सरकार गैरसरकारी संस्था भन्दा कन्सल्टेन्सि र कम्पनीसँग सहकार्य गर्दा समस्या भएको बताए । सांसद सुशील थापा, पद्मा खड्का, सोशिला शाही र सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी लगायतले भनाई राखेका थिए ।

तपाईको प्रतिक्रिया