बालिखोला र नाम्रालाई जोड्ने झोलुङ्गे पुलको शिलान्यास

सल्यान : सल्यानको नाम्रा र सुर्खेतको बालिखोलालाई जोड्न भेरी नदीमा झोलुङ्गे पुल बन्ने सुरु भएको छ । भेरी नदीले छुट्टिएको सल्यानको बनगाड कुपिण्डे नगरपालिका– १ को नाम्रा र सुर्खेतको सिम्ता गाउँपालिका– ४ बालिखोलालाई जोड्न झुलुङ्गे पुल निर्माण गर्न सुरु गरिएको छ ।

प्रदेश सरकारको दुई करोड २६ लाखमा निर्माण हुने पुलको बिहीबार शिल्यानास गरिएको छ । कुपिन्डे नगरपालिका प्रमुख गोविन्दकुमार पुनले एक कार्यक्रममाबीच पुलको शिलान्यास गरेका हुन् । पुल सम्पन्न हुन झण्डै १८ महिना लाग्ने निर्माण कम्पनी शिव निर्मल निर्माण सेवाले जनाएको छ ।


पुल बनेपछि जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता हट्ने भएको छ भने झण्डै पाँच सय बढी स्थानीय लाभाम्वित हुनेछन् । सल्यानतर्फ कच्च सडक भएकाकारण सल्लीबजार पुग्न स्थानीयले छिन्चु जाजरकोट सडकखण्ड अन्तरगत सुर्खेतको बाटो प्रयोग गर्दै आएका छन् । एक सय ८० मिटर लामो झोलुङ्गेपुल बनेपछि नाम्राबासी दुई मिनेटमै सुर्खेतको बालिखोला पुग्नेछन् ।



ताजा समाचार