नेपाल ओमानसँग पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।त्रिवि क्रिकेट मैदानमा बुधबार भएको ऐतिहासिक खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।

ओमानले दिएको एक सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर पाँच बलमा अलआउट हुँदै एक सय ७९ रनमा समेटियो ।
शरद भेषवाकरले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि नेपालले जित निकाल्न सकेन । यस्तै दिपेन्द्र सिंह ऐरीले ३६ रन जोड्दा सन्दीप लामिछानेले २८ रन बनाए ।

यस्तै विनोद भण्डारीले २६ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा पारस खड्का तीन रनमा पेभेलियन फर्किए । सुशन भारी आठ रनमा आउट हुँदा अविनाश बोहोरा आठ रनमा अविजित रहे । आरिफ शेख ६ रनमा आउट हुँदा रोहित कुमार पौडेल र करण केसी सुन्य रनमा आउट भए ।
ओमानका जिशन मक्सुदले तीन विकेट लिए । यस्तै बिलाल खान र कलिमउल्लाले समान २÷२ विकेट लिए ।

तपाईको प्रतिक्रिया