खाजाको पैसा जम्मा गरेर आश्रमलाई सहयोग

सुर्खेत : सुर्खेतमा रहेको एक विद्यालयका विद्यार्थीहरुले आफ्नो खाजा खाने पैसा जम्मा गरेर मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । वीरेन्द्रनगर १ बाङ्गेसिलमा रहेको माउण्ट एभरेष्टका विद्यार्थीहरुले वीरेन्द्रनगर १२ मा रहेकोे मानव सेवा आश्रम सुर्खेतलाई मंगलबार सहयोग गरेका हुन् ।

माघ २४ गते हुन लागेको विद्यालयको बाषिकोत्सवको अवसर पारेर आश्रमलाई चामल, नुन, तेल, आलु, दाललगायतका खाद्य सामग्रीहरुहरु वितरण गरिएको हो । यस्तै खाद्य सामग्रीहरुहरुमा दुई सय ५० किलो चामल, १० किलो नून, ३१ लिटर तेल, ५० किलो आलु, २२ किलो दाल बितरण गरिएको विद्यालयका सह- प्रधानाध्यापक लक्ष्मीप्रसाद चपाईले बताए ।


आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई असहाय, दुःखी, विपन्नहरुप्रति सकारात्मक सोचको विकास र सहयोगी भावना जागृत होस् भनेर विद्यार्थीहरुबाट मुठ्ठी दान संकलन गरी आश्रमलाई सहयोग गरिएको विद्यालयका सह- प्रधानाध्यापक लक्ष्मीप्रसाद चपाईले जाकारी दिए । सहयोग वितरण कार्यक्रममा कक्षा १ देखी १० सम्मका विद्यार्थी, शिक्षक, शिक्षिकासमेतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार