सचेतनामूलक ‘स्टिकर’ टाँस्दै प्रहरी

सल्यान : सल्यानमा हरेक घरहरुमा सचेतनामूलक स्टिकर टाँस्ने अभियान सुरु भएको छ । स्थानीय तहहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय सल्यानले घरघरमा स्टिकर टाँस्ने अभियान सुरु गरेको हो ।

कपुरकोट र कालिमाटी गाउँपालिकामा स्टिकर टाँस्ने अभियान सुरु भइसकेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जिल्लाको शारदा, बागचौर, वनगाँडकुपिण्डे नगरपालिका तथा छत्रेश्वरी, शिद्धकुमाख लगायतका गाउँपालिकामा अभियान सुरु भइसकेको जानकारी दिए ।

मंगलवार गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिमबहादुर सेन र प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले कपुरकोटमा सचेतनामुलक स्टिकर टाँसेर अभियानको सुरुआत गरेका छन् । त्यो स्टिकरमा व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै गर्नुपर्छ भन्ने जानकारी तथा वाल विवाह न्यूनीकरण सम्बन्धि सचेतनामुलक नाराहरु लेखिएको छ ।


त्यस्तै महिलालाई सम्मान गर्नुपर्ने सन्देशका साथै आत्महत्यालाई निरुत्साहित गर्नुपर्ने विषयहरु समेटिएका छन् । नागरिकका घर घरमा टाँस्न थालिएको स्टिकरमा प्रहरी, गाउँपालिका, विद्युत, एम्बुलेन्स लगायत अत्यावश्यक र आकस्मिक फोन नम्बरहरु पनि समावेश गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार