सुवासको अर्धशतकमा नेपाल–११ को जित

आईसीसी क्रिकेट विश्वकप लिग–२ को लागि नेपाल आएको अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ ले जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल प्रेसिडेन्ट–११ ले अमेरिकालाई ३७ रनले हराएको हो ।

नेपालले दिएको १ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ३२ ओभर २ बलमा अलआउट हुँदै ७४ रनमा समेटियो । अमेरिकाका लागि स्टेभेन टेलरले २८ रन बनाए । यस्तै तिमिल पटेलले २० रन जोडे । नेपाल–११ का सागर ढकालले ३ विकेट लिए ।


भुवन कार्की र पवन सर्राफले २–२ विकेट लिए । यस अघि सुवास खकुरेलले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपछि नेपाल–११ ले ३३ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । ८९ बलमा ५ चौकासहित सुवास ५२ रनमा अविजित रहे । यस्तै नेपाल–११ का लागि पवन सर्राफले १९ रन बनाए । अमेरिकाका रुस्ती थोरण र सौरभ नेटरभालकरले २र२ विकेट लिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार