तास किन्दा बाहिरियो १४ करोड

काठमाडौं : तास खासै महंगो वस्तु होइन । सामान्य तासको ४०–५० रुपैयाँ भन्दा धेरै पर्दैन । तर, तास किनेरै ६ महिनामा १४ करोड भन्दा धेरै रकम बाहिरिएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो ६ महिनामा ८८ लाख ५३ हजार ४४ प्याकेट तास आयात भएको छ। यसको मूल्य १४ करोड ८३ लाख ५४ हजार हो ।

यो अवधीमा सबैभन्दा धेरै चीनबाट तास आयात भएको तथ्याङ्कमा उल्लेख छ । चिनबाट मात्रै ७६ लाख ९५ हजार ८ सय ७७ प्याकेट तास आयात भएको छ ।
चीन बाहेक भारत, मलेसिया, थाइल्याण्ड र अमेरिकाबाट पनि तास आयात भएको छ । गत वर्ष यही अवधीमा १५ करोड ३३ लाख ७७ हजार रुपैयाँको ९६ लाख ५६ हजार २ सय ५१ प्याकेट तास आयात भएको थियो ।

तपाईको प्रतिक्रिया