‘स्थापना दिवसमै आएनन् सांसद’

सुर्खेत : कर्णाली प्रदेश सभाको गरिमा जोगाई राख्ने काम सांसदको हो । सांसदहरुले खेल्ने भूमिकाले संसदमा विशेष महत्व राख्छ । अझ प्रदेशसभाको स्थापना दिवस त सांसदका लागि महत्वपूर्ण दिन हो ।

तर प्रदेश सभाको स्थापना दिवसको अवसरपारी आयोजना गरिएको कार्यक्रममै कर्णालीका सांसदहरु अनुपस्थित भएका छन् । स्थापना दिवसको अवसर पारी प्रदेशसभा सचिवालयले मंगलबार पहिलो पटक आयोजना गरेको कार्यक्रममा अधिकांश सांसदहरु अनुपस्थित भए ।

स्थापना दिवशको कार्यक्रममा सहभागी सांसदहरु सहभागी नभएपछि संसदको गरिममाथि नै प्रश्न उब्जिएको छ । कार्यक्रममा अधिकांश सांसदहरु सहभागी नभएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदिय दलका नेता जीवनबहादुर शाही सांसदहरूले आफ्नो गरिमा बचाउन नसकेको बताए ।

तपाईको प्रतिक्रिया