जीप दुर्घटना, एक जनाको मृत्यु, १३ जना घाइते

सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको वडा नं  १४ को सिमाना फेदखोलामा मंगलवार बोलेरो जीप दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ, १३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णली प्रदेश ००२–००१ ज ००१५ नम्बरको बोलेरो दुर्घटनामा परी बराहताल गाउँपालिका वडा नं ७ का ७४ वर्षीय दशरथ शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले बताए ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख सिजापतिका अनुसार १३ जना घाइतेको अहिले माया नर्सिङ होम र देउती नर्सिङ होममा उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा मोहनसिंह पुलामी, सिर्जना थापा, सुन्नु सुनार, पूर्णिमा सुनार, रेविका सुनार, गौरी शाही, टोपेन्द्र मगर, एलिसा सुनार, करिस्मा सुनार, तेजेन्द्र रोकाया, तुलबहादुर सुनार, कल्पना ठाकुर र अमृता सुनार रहेका छन् ।

तपाईको प्रतिक्रिया