जावलाखेलको जितमा सुजितको गोल
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) क्लबलाई पराजित गरेको छ । ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा जावलाखेलले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
जावलाखेलको जितमा सुजित बुढाथोकीले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा सुजितले गोल गर्दै जावलाखेललाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् । बल पोजिसनमा पकड जमाएपनि ब्रिगेडले गोल गर्न नसक्दा हारको सामना गर्नु परेको हो खेलमा जावलाखेलका दिलन लोक्ताम म्यान अफ दि म्याच चुनिए ।
लिगमा जावलाखेलको यो चौंथो जित हो । जितसँगै जावलाखेल लिगको सातौं स्थानमा उक्लिएको छ । जावलाखेलले १० खेलमा १५ अंक जोडेको छ । ब्रिगेडले १० खेलमा ८ अंक जोडेको छ । ११ औं स्थानमा रहेको ब्रिगेडको यो छैटौं हार हो ।
जावलाखेल प्लेईङ सेट–
अरुण ब्लोन,आडमा डौबिया,गौतम श्रेष्ठ, कुलदिप कार्की, सिमान्त थापा दिलेन लोक्ताम,रुप बहादुर लामा, सुजित बुढाथोकी,सुरज ज्यु ठकुरी,ड्याडी जुनियर, फोडे फोफाना
ब्रिगेड प्लेईङ सेट –
विशाल सुनार, मनोज राई,पदम भट्टराई, रोशन थिङ, ताजुदीन बुसारी, विजय गुरुङ, जया गुरुङ,रोशन राना मगर, सुलभ मास्के,अनिल गुरुङ, ओलाकेजी इसहाक
