‘आत्मनिर्भर भएमात्रै हिंसा अन्त्य’

सुर्खेत : महिलाहरु आर्थिक रुपमा आत्मानिर्भरता भए घरेलु हिंसा अन्त्य हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शनिबार वीरेन्द्रनगर १० वडा कार्यालयले आयोजना गरेको लैङ्गिक विभेद तथा महिला हिंसा न्युनिकरण सम्बन्धि १ दिने सचेतनामुलक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै सहभागी शान्ति पोख्रेलले महिला हिंसा अन्त्यका लागि आर्थिक रुपमा सम्बृद्ध हुनुपर्ने बताइन् । ‘समाजमा हिंसाका थुप्रै रुपहरु देखेकी छु ।, उनले भनिन्‘ हिंसा हुनुको कारण आर्थिक अपनत्व नहुनु हो ।’ पुख्यौली सम्पत्तिमा महिलाहरुको पहुँच नहुनु नै हिंसाको कारण बन्ने उनले बताइन् ।

पोख्रेलले स्थानिय तहले महिलाहरुलाई हिंसा न्युनिकरण सम्बन्धि तालीमको साथसाथै सिपमुलक तालीमहरुको आयोजना गर्नुपर्ने बताइन् । सहभागी मिना मल्लले समेत महिलाहरु अर्थतन्त्रसंग जोडिनुपर्ने बताइन् । उनले समाजले महिलालाई दोस्रो दर्जाको रुपमा हेर्नुको कारण सम्पत्तिको स्वामित्त भएको भन्दै यसमा स्थानिय तहले सोच्नुपर्ने बताईन् ।

कार्यक्रममा सहभागी अधिकांशले महिलाहरु आर्थिक रुपमा सक्षम भएमात्रै हिंसा अन्त्य हुने बताएका थिए । कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले समय धेरै अगाडि गइसकेको बताइन् । उनले संविधानले महिलाहरुलाई धेरै अधिकार दिएको भन्दै अधिकार लिने कुरामा महिलाहरु सचेत हुनुपर्ने बताइन् । पुरुषको भन्दा बढि जिम्मेवारी महिलाहरुको छ ।, उनले भनिन् ‘अबसर पाए महिलाहरुले पनि धेरै गर्न सक्छन् ।’

अबसरको खोजी गर्ने कुरामा महिलाहरु आँफै सचेत हुनुपर्ने उनको धारणा रहेको थियो । त्यस्तै वीरेन्द्रनगर १० का वडाअध्यक्ष रत्नबहादुर बुढाले महिलाहरुले हिंसा सहन नहुने बताए । उनले कानुनले महिलाहरुलाई धेरै अधिकार दिएको भन्दै हिंसा भएको खण्डमा कानुनी उपचार समेत लिनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया