वीरेन्द्रनगर जेसीज द्धारा पद हस्तान्तरण

सुर्खेत : जेसीजको पद हस्तान्तरण तथा र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरमा आयोजित एक विषेश समारोहका बिच वर्ष २०१९ का शाखा अध्यक्ष श्याम थापाले वर्ष २०२० का नव निर्वा्चित अध्यक्ष शिवराज घिमिरेलाई चेन हस्तान्तरण गर्दै सपथ ग्रहणगरेका थियाे ।

पद हस्तान्तरण पश्चात भोल्दै वर्ष २०१९ का अध्यक्ष थापाले आफनो कार्यकालमा शाखालाई अग्रणिय क्षेत्रमा पु¥याएको दावी गरे । थापाले वर्ष २०१९ मा प्रत्यक्ष महशुस गर्ने खालका केही फरक र नयाँ कार्यक्रम सञ्चालन गरेको दावी गरे  ।

कार्यक्रम्मा बोल्दै जिल्ला समन्वय समिती सुर्खेतका संयोजक छविलाल सिग्देलले जेसिजले यूवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दैसामाजमा व्यग्दै प्रभब पारेकोबताए । संयोजक सिग्देलले यूवाहरुलाई आर्थिक संमृद्धिका क्षेत्रमा समेत काम गर्न आग्रह गरे ।

यूवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास गरि नेतृदायी भुकिकामा पु¥याउनु पर्ने प्रमुख सिग्देलको भनाई छ । उता, वर्ष २०२० का नव नवनिवाचित अध्यक्ष शिबराज घिमिरेले कार्यक्रमलाई सम्वोधन गर्दै युवाहरुको व्यक्तित्व र नेतृत्वको क्षमता अभिबृद्धि गराइ समाजमा सकारात्मक परिवनर्तनका निम्ती अग्रसर रहने बताए  ।

यो वर्ष समुदायमा जेसिज, यूवाहरुसंग जेसिज लगाएतका केही महत्वपुर्ण अभियान सञ्चालन गरिनुका साथै विभिन्न तालिमहरु सञ्चालन गर्ने उल्लेख गर्नुभयो । जेसिजले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल बनाउन विभिन्न अभियान सञ्चालन गरिने बताए  ।

अध्यक्ष घिमिरेले आफ्नो समितिमा निवाचित भएका अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गरेका थिए  । शाखाको नवनिवाचित कार्यकारिणी उपाध्यक्षमा क्रमशः संयोग भण्डारी र हिक्मत सापकोटा रहनु भएको छ भने उपाध्यक्षमा क्रमशः यज्ञ खत्री, चेतना कोईराला, प्रमोद खड्का, याम प्रसाद लामिछाने रहनु भएको छ । संस्थाको महासचिवमा शैलेन्द्र पाठक चयन हुनुभएको छ भने विभिन पोष्टमा दर्जन भन्दा वढि कोर्डिनेटर मनोनित गरिएको छ ।

तपाईको प्रतिक्रिया