दुर्गा विसी
सल्यान : सल्यान पश्चिमको त्रिभूवन जनता माध्यमिक विद्यालय च्युरामा दुई लाखको अक्षकोष स्थापन गरिएको छ ।
प्रदेश नम्बर ५ का निर्माण व्यवसायी महासंघका महासचिव प्रकाश शाहले स्वर्गीय बाबु इन्द्रबहादुर शाह र आमा मेघकुमारी शाहको स्मृतिमा अक्षकोष स्थापना गरेका हुन ।गरिव तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले ‘इन्द्रमेघ स्मृति अक्षकोष’ स्थापना गरिएको हो ।
अक्षकोषले गरिवी तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशन र ड्रेसमा सहयोग पुग्ने महासचिव शाहले बताए । माध्यमिक शिक्षासम्म सोही विद्यालयमा अध्ययन गरेका शाहले गरिवीकै कारण शिक्षाको सुनौलो ज्योतिबाट कोही पनि बन्चित नहुन भनेर अक्षकोष स्थापन गरिएको उल्लेख गरे । बनगाड कुपिन्डे नगरपालिका–५ खैरागारमा जन्मिएका शाहले हाल बाँकेमा बस्दै आएका छन् ।
युग संवाददाता । । १८ माघ २०७६, शनिबार १२:५७