मेरो बिहे फागुनमा पक्का : प्रियंका

नायिका प्रियंका कार्कीले आफ्नो विवाह फागुन महिनामा पक्का भएको जानकारी दिएकी छिन् । मिडीयास‌‍ग कुरा गर्दै प्रियंकाले भनिन्, ‘फागुणमै बिहे हुने पक्का भएको छ ।

हामी तयारीमा पनि जुटिसकेका छौं । तर, मिति फाइनल भैसकेको छैन । फागुन १७ गते राम्रो दिन छ, शायद यही दिनमा नै हुन सक्छ । ’नायिका कार्कीले केही समय अगाडि मिडीयाहरुसँग कुरा गर्दै यो वर्ष बिहे नगर्ने बताएकी थिइन् । यस विषयमा कार्कीले भनिन्, ‘सधै काम भनेर बिहे पछि सार्दा सार्दै बिहे नै नहुने अवस्था आयो । काम त सधै नै हुँदोरहेछ ।

यसैले, फागुनमै समय निकालेर बिहे गर्न लागेका हौं ।’ उनले आफ्नो भाइको नेपाल आउने टिकट पक्का भएसँगै बिहेको दिन फाइनल गर्ने बताइन् । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको इन्गेजमेन्ट भएको एक वर्ष बढी भैसकेको छ ।


समय नमिलेको भन्दै प्रियंका र आयुष्मानले बिहेको मिति पछि सार्दै आएका थिए । नायिका कार्की केही दिन अगाडि एक साता लामो ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार