सामान्यतया हामी दिनमा तीन पटक खाने गर्छौं, बिहान, दिउसो र बेलुकी । बिहान र बेलुकी खाना खाइन्छ भने दिउँसो खाजा । तर डाइटिङको चक्करमा केही व्यक्तिहरु बेलुका खाना खाँदैनन् ।
यसबाट उनीहरु वजन कम गर्न त सफल हुन्छन्, तर यसले दिर्घकालमा स्वास्थ्यलाई हानी पु¥याउन सक्ने विज्ञहरुको कथन छ । केही विज्ञहरुको मान्यता छ कि दिनमा तीनपटक खाने गर्दा स्वास्थ्य राम्रो रहन्छ । यो भन्दा बढी खाँदा पेटले पचाउन नसक्ने र स्वास्थ्य बिग्रिने गर्छ ।
स्वास्थ्यसम्वन्धी विज्ञहरुका अनुसार दिनभरी थोरै थोरै खानेकुरा खाइरहनु स्वास्थ्यका लागि हितकर हुन्छ । तर, धेरै खायो भने त्यसले फाइदाको साटो हानी गर्छ । पटक–पटक गरेर थोरै–थोरै खानेकुरा खाँदा शरीरमा फ्याट जम्मा हुन पाउँदैन किनकी शरीरको फ्याट बर्न गर्ने क्षमता बढ्छ ।
यसबाट ब्लड सुगरको लेभल पनि नियन्त्रणमा रहन्छ र दिनभर शरीरमा उर्जा प्रवाह हुन्छ । यो पनि ध्यानमा राखनु पर्छ कि खाना बिस्तारै र राम्ररी चपाएर खाँदा सबै पोषक तत्व शरीरले ग्रहण गर्न सक्छ र खाना सजिलै पच्छ पनि ।
तौल घटाउन
डाइबिटिजमा रोगीहरुले दिनमा ३ पटक मात्र नभएर ५–६ पटक थोरै थोरै खानेकुरा खाने गर्नुपर्छ । यसबाट शरीरको क्यालोरी बर्न हुन्छ र रगतमा सुगरको मात्रा पनि नियन्त्रणमा रहन्छ ।
यदि तपाईं आफ्नो वजन क मगर्न चाहनुहुन्छ भने पनि दैनिक पटक–पटक खानेकुरा खानु आवश्यक छ ताकि तपाईंको मेटाबोलिज्म स्थिर रहोस र क्यालोरी बर्न भइरहोस ।
युग संवाददाता । । १८ माघ २०७६, शनिबार १२:०८