सुर्खेत : पश्चिमी वायुका कारण बिहिबार साँझदेखी सुर्खेतमा वर्षा र कर्णालीका उच्च हिमाली जिल्लाहरुमा हिमपात भएको छ ।
दैलेखको गुराँसेमा पनि हिमपात भएको छ । वर्षा र हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । सुर्खेतमा २४ घण्टामा ४२ दशमलव एक मिलिमिटर वर्षा भएको छ । कर्णालीका कालिकोट, जुम्ला र हुम्लामा हिमापत भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।
जुम्लामा एक फिटसम्म हिउँ परेको छ । हिमापतले जुम्ला, मुगु र हुम्लामा हवाइ उडान समेत प्रभावित भएको छ । हिमापत र वर्षा जारी रहेकाले चिसो अझै बढ्न सक्ने भएकाले नागरिकलाई सजकता अपनाउन पराजुलीले आग्रह गरे । सुर्खेतमा न्युनतम तापक्रम ८ दशमलव ७ र जुम्लाको माइनस शून्य दशमलव २ डिग्री छ ।
युग संवाददाता । । १९ पुष २०७६, शनिबार १२:३६