माटोको ढिस्कोमा पुरिदा महिलाको मृत्यु

डोल्पा : डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ ।

ठुलीभेरी नगरपालिका वडा–५ हुँ गाँउकी २३ वर्षीया जुना बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।  ढिस्कोमा पुरिएकी बुढाको समयमा उद्दार हुन नसक्दा घटनास्थलमै मृत्यु भएको थियो ।


‘करिव चार बजेतिर माटोले पुरेको रहेछ’ डोल्पाका प्रहरी प्रमुख नारायण रञ्जितकारले भने  ‘प्रहरी र स्थानीयले राती ८ बजेमात्रै शव निकाल्यौँ, समयै उद्दार हुन नसक्दा बचाउन सकिएन ।’

उनी बुधबार साँझ घर लिप्ने माटो लिन गएकी थिइन । माटोमा पुरिएको जानकारी पाएपछि इलाका प्रहरी चौकी माझफालबाट उद्धारका लागि प्रहरी घटनास्थल पुगको थियो ।
तर प्रहरी र स्थानीयले राती ८ बजे मात्रै डिस्कोबाट बुढालाई उद्दार गरेका थिए । मृतकको शवलाई कानूनी प्रक्रिया पुरा गरी बिहीबारमात्रै आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।



ताजा समाचार