चिसोले कर्णालीबासिको जनजीवन कष्टकर

सुर्खेत : बिहीबारदेखि बढेको चिसोको कारण हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ । कर्णालीका हिमाली जिल्लाहरु डोल्पा, हुम्ला, मुगु र जुम्लामा परेको हिमपातपछि जनजीवन कष्टकर बनेको छ ।

यस्तै कालिकोट, जाजरकोट, दैलेख र सल्यानका केही भागमा दिउँसो पानी समेत परेको छ । वर्षा र हिमपातपछि कर्णालीमा चिसो बढेको छ । हुम्ला, डोल्पा र मुगुमा हिमपात भएपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत कठिन भएको छ । अत्याधिक चिसो बढेपछि हुम्लाका विद्यालयहरुसमेत ४५ दिनका लागि बन्द गरिएको छ ।

चिसोसँग रुघाखोकी र भाइरलका बिरामीहरु बढेका छन् । हुम्लामा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईका अनुसार जिल्लाभरनै भाइरलका विरामी बढेका छन् । उता जुम्लामा पनि चिसो बढेको तातोपानी गाउँपालिकावासी लोकबहादुर हमालले बताए ।

चिसोका कारण जुम्लाको तापक्रम माइनस २ दशमलब ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै वीरेन्द्रनगरको न्यूनतम तापक्रम १० दशमलब १५ डिग्री सेल्सियस पुगेको जल तथा मौष्सम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले बताए । बालबालिकालाई चिसोबाट जोगाउन ज्याकेट वितरण यसैबीच डोल्पाका बालबालिकाहरुलाई चिसोबाट जोगाउन ज्याकेट वितरण गरिएको छ ।

डोल्पाका एक सय ४० जना विपन्न बालबालिकालाई न्यानो ज्याकेट वितरण गरीएको हो । ठूलीभेरी नगरपालिका–७ स्थित मन्मा आधारभुत बिद्यालय र वडा नम्बर ८ को बिडिथान आधारभुत विद्यालयमा अध्ययनरत एक सय ४० जना दलित तथा विपन्न बालबालिकालाई न्यानो ज्याकेट वितरण गरीएको स्थानीय जीवन शाहीले जानकारी दिए चिसोसँग रुघाखोकी र भाइरलका बिरामीहरु बढेका छन् ।

हुम्लामा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईका अनुसार जिल्लाभरनै भाइरलका विरामी बढेका छन् । उता जुम्लामा पनि चिसो बढेको तातोपानी गाउँपालिकावासी लोकबहादुर हमालले बताए । चिसोका कारण जुम्लाको तापक्रम माइनस २ दशमलब ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै वीरेन्द्रनगरको न्यूनतम तापक्रम १० दशमलब १५ डिग्री सेल्सियस पुगेको जल तथा मौष्सम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले बताए ।

बालबालिकालाई चिसोबाट जोगाउन ज्याकेट वितरण यसैबीच डोल्पाका बालबालिकाहरुलाई चिसोबाट जोगाउन ज्याकेट वितरण गरिएको छ । डोल्पाका एक सय ४० जना विपन्न बालबालिकालाई न्यानो ज्याकेट वितरण गरीएको हो । ठूलीभेरी नगरपालिका–७ स्थित मन्मा आधारभुत बिद्यालय र वडा नम्बर ८ को बिडिथान आधारभुत विद्यालयमा अध्ययनरत एक सय ४० जना दलित तथा विपन्न बालबालिकालाई न्यानो ज्याकेट वितरण गरीएको स्थानीय जीवन शाहीले जानकारी दिए

तपाईको प्रतिक्रिया