बढ्यो सुरक्षा चुनौती

सुर्खेत : घटना : १ गत मंसिर १६ गते कालिकोटमा विप्लव समूहले संघीय सरकारका ऊर्जामन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तर्साउन कालिकोटमा बम विस्फोट गराए ।

रास्कोट नगरपालिका–६, शान्तिघाटमा निर्माणाधीन फुकोट कर्णाली हाइड्रोको अनुगमनका गएका उनीहरुलाई दुई वटा बम विष्फोट गएका थिए । सान्नी त्रिवेणी गाउँपालिका–३, को लुइयाँटा र पचालझरना गाउँपालिका–१ सिकुको जंगलमा दुई वटा बम विस्फोट गराए ।

घटना :
पुसको २ गते जाजरकोटमा विप्लव समूहका कार्यकर्ताहरुले प्रहरीमाथि आक्रमण गरे । बारेकोट गाउँपालिका वडा नं. ८ सक्लाको प्रहरी चौकीबाट सिर्के बजार पुगेका प्रहरीमाथि विप्लवका कार्यकर्ताहरुले आक्रमण गरे । स्थानीय शीला खड्काले झै–झगडा सम्बन्धी दिएको निवेदनका आधारमा गाउँमा विवाद मिलाउन गएका दुई जना प्रहरीमाथि विप्लव कार्यकर्ताले लुकेर ढुङ्गामुडा गरे ।

विप्लव कार्यकर्ताको आक्रमणपछि ज्यान बचाउनका लागि भाग्ने क्रममा एक जना प्रहरी घाइते भए । ढुङ्गामुढा प्रहारबाट प्रहरीलाई चोट लाग्यो । एक जना प्रहरीको खुट्टा नै मर्कीएपछि विप्लव कार्यकर्ताले प्रहरीलाई समातेर धरपकट गरे ।
घटनापछि थप सुरक्षाकर्मी पुगेर घाइते प्रहरीको उद्दार गरे ।

घटना :
गएको पुस ६ गते विप्लव समूहका कार्यकर्ताहरुले दैलेखको ठाटीकाँध गाउँपालिकाका प्रमुख धीरबहादुर शाही र उनकी श्रीमति लीला शाहीलाई अपहरण गरे । मध्यराती घरमै पुगेका १५÷१६ जनाको विप्लव समूहका कार्यकर्ताले शाही दम्पतीलाई अपहरण गरी लगे ।

रातभरी हिउँमा हिडाउँदै विप्लवका कार्यकर्ताहरुले प्रमुख शाहीलाई कालिकोट पु¥याए । शाहीको अपहरणपछि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कालिकोट प्रहरीले १३ घण्टापछि सकुशल उद्दार ग¥यो ।

अपहरणमुक्त गराउन प्रहरीले गोली चलाएको थियो । विप्लव कार्यकर्ताले कालिकोटको शुभकालिका गाउँपालिकामा प्रहरीलाई देखेपछि भीरबाट ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो । कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नम्बर १ स्थित छात्तिको जंगलबाट शाहीलाई अपहरणमुक्त गराउन प्रहरीले गोली नै चलाउनु प¥यो ।

घटना :
गएको पुस १२ गते रुकुमपश्चिममा विप्लवका कार्यकर्ताले वडाध्यक्षलाई कालोमोसो दले । चौरजहारी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष लालबहादुर बुढाथोकीलाई विप्लव समूहका कार्यकर्ताले कालोमोसो दलेका थिए । वडाध्यक्षको प्रतिकार गरेपछि विप्लवका कार्यकर्ताहरु भागे ।
उल्लेखित घटना केही प्रतिनिधिमूलक मात्रै हुन् । केही महिना यता कर्णाली प्रदेशमा विप्लव समूहले गाउँगाउँमा आफ्ना कार्यकर्ताहरुले गतिविधि सक्रिय पारेका छन् । दिनदिनै विप्लवका कार्यकर्ताहरुले विभिन्न गतिविध गरेपछि सुरक्षा चुनौती थपिएको छ । जनशक्ती अभावका कारण थोरै संख्यामा गाउँ पुगेका प्रहरीलेसमेत विप्लवका कार्यकर्ताबाट ज्यान जोगाउने पर्ने अवस्था देखिएको छ ।

जनताको सुरक्षाका लागि खटिने प्रहरीहरु आफू असुरक्षित बनेका छन् । पाँच÷६ जनाको संख्यामा गाउँगाउँमा रहेका प्रहरीहरुले विप्लवदेखि डराउनु पर्ने अवस्था रहेको एक प्रहरी जवानको भनाइ छ । विप्लवका कार्यकर्ताहरुले अनेक वहानामा धम्की दिनेगरेपछि कर्णालीका जनप्रतिनिधिले समेत प्रदेश सरकारसँग सुरक्षाको माग गरेका थिए ।

दोहोरो गोली हानाहान

सुर्खेतमा नेत्रविक्रम चन्द्र विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर– ८ दुलालथाईमा प्रहरी र विप्लव समूहबीच गोली हानाहाना भएको सुर्खेतका एसपी दिल्लराज पन्तले जानकारी दिए ।
‘विप्लव र प्रहरी दुबै पक्षबाट दुई÷दुई राउन्ड गोली हानाहान भयो’ एसपी पन्तले भने ,
‘विप्लवका कार्यकर्ता छन् वा छैनन् भनेर अनुसन्धानका लागि दुई जना प्रहरी मात्रै गएका थिए, दोहोरो फाइरिङ भयो । तर विप्लवका कार्यकर्ताहरु भागे ।’ विप्लवका स्थानीय कार्यकर्ता गाउँ बसेको विशेष सूचनापाएपछि प्रहरी अनुसन्धानका लागि घटनास्थल पुगेको थियो । विप्लव कार्यकर्ता स्थानीय भए पनि उनको विवरण भने प्रहरीले खुलाएको छैन । बुधबार दिउँसो करिव दुई बजेतिर घटना भएको प्रहरीको भनाइ छ ।


नक्कली बमले त्रास

यस्तै वीरेन्द्रनगरस्थित पिपिरामा बुधबार विहान नक्कली बमले स्थानीयलाई त्रसित बनाएको थियो । नगरपालिकाको–११ पिपिराचोकको एनसेल टावर नजिकै नक्कली बम भेटिएको थियो । वम भेटिएपछि स्थानीय त्रसित बनेका थिए ।

सुर्खेतका एसपी दिल्लीराज पन्तका अनुसार डिस्पोज गर्दा नक्कली बम रहेको पुष्टी गरे । ‘बम भेटेपछि विहानदेखि स्थानीय त्रसित थिए’ पन्तले भने  ‘डिस्पोज गर्दा नक्कली बम रहेको पुष्टी भयो ।’ एनसीएल टावरको तारले बेरेर डल्लो देखेपछि स्थानीयले बम भन्दै प्रहरीलाई खबर गरेका थिए ।

सुरक्षा बढाउँदै प्रहरी

 पूर्णचन्द्र जोसी

[डीआइजी ,प्रदेश प्रहरी प्रमुख]

यता कर्णाली प्रदेशले भने नयाँ सुरक्षा रणनीति बनाउन थालेको जनाएको छ ।
विप्लव समूहलेगतिविधि बढाएसँगै सुरक्षा रणनीनि पनि बलियो पारिएको प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोसीले बताए ।

‘कर्णालीमा मात्रै होइन, देशभर नै विप्लवका गतिविधि बढिरहेको छ’ जोशीले भने, ‘विप्लवका गतिविध बढेपछि प्रहरीले नयाँ सुरक्षा रणनीति अनुसार कारवाही अगाडि बढाएको छ ।’ कर्णाली विप्लवको प्रभावित क्षेत्र भएका कारण विप्लवले गतिविधि बढाएको प्रहरीको भनाइ छ ।

एनसेल टावर तोडफोड

यस्तै बुधबार मात्रै जाजरकोटमा विप्लव समूहले एनसेल टावरमा तोडफोड गरेको छ । भेरी नगरपालिका वडा नम्बर १ मा रहेको जुरेलीमा रहेको एनसेल टावरमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार