भ्रमण वर्षको शुभारम्भ
सुर्खेत : नेपाल भम्रण वर्ष २०२० को कर्णाली प्रदेशमा पनि शुभारम्भ गरिएको छ । प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बुलबुले तालबाट भ्रमण वर्षको शुभारम्भ गरेको हो ।
भ्रमण वर्ष शुभारम्भको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो लोगोसहित ‘यसपाली घुमौ कर्णाली’ भन्ने नारा पनि सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारले नेपाल भम्रण वर्षलाई सफल पार्न ‘इट्स टाइम फर कर्णाली’ अर्थात यसपाली घुमौं कर्णाली भन्ने नारा तय गरेको हो । भ्रमण बर्षको शुभारम्भको अवसरमा कर्णालीका विभिन्न जातजाति, भाषाभाषी अन्र्तगत आ–आफ्नै भेषभुषामा सजिएर प्रस्तुत गरिएका विभिन्न सांस्कृतीक झलकमा समेत पर्यटकलाई कर्णालीमा घुम्न आउन आह्वान गरीएको थियो ।
खष भाषाको उत्पती स्थल जुम्लाको सिंजादेखि पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात राराताल जस्ता विभिन्न तालहरु, खष संस्कृती र अर्गानीक खान्कीले प्रसिद्ध कर्णाली प्रदेशमा यसवर्ष पर्यटकलाई अनिवार्य घुम्न कर्णालीवासीले निम्तो दिएका हुन् । कर्णालीमा घुम्न आउने पर्यटकलाई पुर्ण मनोरञ्जन दिने प्रयाप्त ठाउँहरु भएको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबैलाई कर्णालीमा घुम्न आउन निम्तो दिए ।
कर्णालीको कला संस्कृति झल्कने ¥यालीमा समेत सहभागी भएका उनले बुलबुलेतालबाट पर्यटन वर्षको शुभारम्भ गर्दै कर्णालीमा पर्यटकलाई सुरक्षित रुपमा घुम्ने वातावरण बनाएको बताए । प्रदेश सरकारले भ्रमण बर्षको शुभारम्भ कार्यक्रममा विदेशी पाहुनालाई समेत स्वागत तथा सम्मान गरेको छ । केन्द्र सरकारले शुरु गरेको पर्यटन वर्षमा नेपाल घुम्न आउने पर्यटकलाई कर्णालीका रारा, शे–फोक्सुण्डो, स्पार्पु, कुपुण्डे ताल, पञ्चकोशी क्षेत्र, खस भाषाको उत्पति सिंजा उपत्यका लगायतका पर्यटकीय स्थलमा पु¥याइने प्रदेश सरकारको योजना छ ।
