एकसय ३९ जना बालबालीकाको उद्दार

सुर्खेत : महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाले हालसम्म ६२ ओटा घरेलु हिंसाका घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै संस्थाले जवर्जस्तिकरणीका सात र अन्य १९ गरी जम्मा ८८ ओटा घटना भएको तथ्यसमेत सार्वजनिक गरेको हो । बालबालिकाका मात्रै ९२ ओटा समस्या संस्थामा आएको कार्यक्रम संयोजक सुशील कार्कीले जानकारी दिए । उनले यी घटना बुवाआमा नभएका, शारीरीक अशक्त भएका, एचआईभी संक्रमित र अति गरिव रहेको बताए ।

संस्थाको आपतकालीन गृहवाट एकसय ३९ बालबालीकाले सेवा लिएको जनाइएको छ । जसमध्ये ४१ महिला र १५ पुरुष दलित, १३ महिला र पाँच पुरुष जनजाति, ४६ महिला र १९ पुरुष छन् । आपतकालीन गृहवाट सेवा लिने महिलाहरुमा भने दलितमा ३६ जना महिला, पाँच जना जनजाति, ४७ जना अन्य, गरी जम्मा ८८ जना छन् । हाल संस्थामा छलफल तथा मध्यस्थताको क्रममा ८८ महिलाहरु छन् । जवर्जस्ती करणीमा परेका बालबालीका विवरणमा १८ जना छन् ।

आमा साथमा नभएका २५, जवर्जस्तीकरणी उद्योग नौं, बालविवाह आठ, घरेलुहिंसा १७, अलपत्र परेका ४१ बालबालिकालाई प्रहरीले उद्दार गरेर संस्थामा बुझाएको छ ।
मोबाईल पैसा चोरेको एक, स्वास्थ्य उपचारमा सहयोग गरेको एक जना र सडक बालबालीका ६ जना गरी एकसय ३९ जना बालबालीकाको उद्दार वा समस्या समाधान गरिएको संयोजक कार्कीले जनाए ।

संस्थाको मध्यस्थता पछि हाल चार जना बालबालिका आमासंग बसेको र ११ जनालाई परिवासंग पुनर्मिलन गराइएको छ । दश जनालाई भने कानूनी प्रक्रियामा रहेको संस्थाले जनाएको छ । आपतकालीन गृहवाट भागेर आएको पाँच जना बालबालिका छन । पारिवारिक मध्यस्थताको क्रममा ३४, कानुनी परामर्शमा ५९ र संस्थामा मध्यस्थताको प्रक्रियामा ३४ जना छन् । संस्थाले सुर्खेत, कालिकोट, दैलेख सँगै प्रदेश नं ५ अन्तरगत बर्दियामा कार्यक्रम लागू गरेको छ ।

तपाईको प्रतिक्रिया