बस्ने ठाउँ नहुँदा चौरमा त्रिपालकै ओत
दुर्गा विसी
सल्लीबजार, १९ जेष्ठ ।
सल्यान पश्चिम आइतवार दिउँसो देखि निरन्तर वर्षा भैरहेको छ तर क्वारेन्टाइनमा वसेका भित्र ठाउँ नपाउँदा चौरमा त्रिपाल टाँगेर रात काटेका छन् । प्रभाकर माविमा भित्र सुत्ने ठाउँ नहँुदा विद्यालयको प्राङ्गणमा त्रिपाल टागेर वस्ने गरेका छन् । २ सय ५३ जना एउटा विद्यालयमा राख्दा यस्तो समस्या उत्पन्न भएको हो ।
भित्र कोठा अपुग हँुदा त्रिपालमै दिउँसोको चर्को घाम र निरन्तर परिरहेको झरीमा उनीहरु बाहिरै बस्ने गरेका छन् । कोठा अभावले यो समस्या निम्त्याएको जनाएको छ । बनगाड मात्रै थेग्नै नसकिने गरी भारतबाट नागरिक आएपछि व्यवस्थापनमा सकस परेको नगरपालिकाले जनाएको छ । पिसिआर चेकजाँच रिपोर्ट समेत २ हप्ता बिति सक्यो हालसम्म ८० जनाको मात्रै रिपोर्ट आएको छ । जस मध्येका १२ जना पोजिटिभलाई सल्यान लगिएको छ भने १३ लाई सुर्खेत पठाएको छ ।