दिनेश बुढा
सुर्खेत :सुर्खेतको वीरेन्द्रनगर ११ पिपिराचोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा शुक्रबार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भने एक जना व्यक्तीको अवस्था चिन्ताजनक रहेको छ ।
सुब्बाकुनाबाट वीरेन्द्रनगर बजार तिर आउँदै गरेको भे १ त ७५८९ नम्वरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु १ ख ७६७० नम्वरको ट्रकले ठक्कर दिँदा ट्याक्टर चालक ३४ वर्षीय प्रेम कार्कीको घटनास्थलमै ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ घर भएका कार्कीको ट्याक्टरको ट्रलीले च्यापिएर मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका छन् ।
युग संवाददाता । । १७ माघ २०७६, शुक्रबार १३:५५