ट्वान्टी ट्वान्टी क्रिकेटका वादशाह क्रिस गेल नेपाल आउने भएका छन् । वेस्ट इन्डिजका ओपनर गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) पोखरा राइनोजबाट खेल्न लागेको बिहीबार एक पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
विश्व क्रिकेटमा अझै पनि सक्रिय नै रहेका गेल आईसीसीको एक दिवसीय, टेस्ट र टि ट्वान्टी तीनवटै खेलमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् ।
गेलले ५८ टवान्टी आईमा १३ अर्धशतक २ शतकसहित कुल १६ सय २७ रन बनाएका छन् ।
टि ट्वान्टी आईमा उनको उच्च प्रदर्शन १ सय १७ रन रहेको छ । यसअघि दक्षिण अफ्रिकी पूर्वकप्तान हसिम आमला, वेष्ट इन्डिजका ड्वेन स्मिथ र श्रीलंकाका उपुल थारंगा एभरेष्ट प्रिमियर लिगमा खेल्ने पक्का भइसकेको थियो । थारंगा ललितपुर प्याट्रियट्स र स्मिथ भैरहवा ग्ल्याडिएटर्सका लागि खेल्नेछन् ।
युग संवाददाता । । १७ माघ २०७६, शुक्रबार १२:०९