वडा कार्यालयमा आगजनी

सल्यान : सल्यानमा एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । अज्ञात समूहले सल्यान कपुरकोट गाउँपालिका–५ को कार्यालयमा आगजनी गरेको हो । बुधबार राति अज्ञात समूहले आगजनी गरेको वडा अध्यक्ष यमकुमार बस्नेतले जानकारी दिए ।

रिम शितल बजार नजिक रहेको वडा कार्यालयमा ढोकाको ताला फोडेर आगजनी गरेको उनले बताए । वडा कार्यालयमा रहेका सम्पूर्ण कागजात र सामग्रीहरू जलेर नष्ट भएका छ्न् । बिहीबार बिहान १० बजेतिर कार्यालय खोल्दा मात्रै आगलागीबारे थाहा भएको कार्यालय सहयोगी पदम बहादुर बिकले बताए ।

‘ढोकाको ताला फोडेरभित्र पसी पेट्रोल छर्केर आगो लगाएको जस्तो देखियो, घटनाबारे थाहा पाउनासाथ मैले वडा अध्यक्षलाई जानकारी गराएँ’ उनले भने । पञ्जिकरणका सम्पूर्ण श्रेष्तासहितका महत्तपुर्ण जागजातहरू, डेक्स्टप कम्प्युटर एक थान, प्रिन्टर एक थान, सोफा, घुम्ने कुर्सी , टेबुल , कार्पेट, पर्दा, ईन्टरनेटसम्बन्धी सामग्री,

दराजलगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएको वडा अध्यक्ष बस्नेतले बताए । वडा कार्यालयमा कसले र किन आगलागी गर्‍यो भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यान जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जनाए ।

तपाईको प्रतिक्रिया