अर्गानिक वस्तुको प्रवद्र्धन गर्न फागुनमा महोत्सव

सुर्खेत : कर्णालीमा उत्पादन हुने अर्गानिक वस्तुहरुको प्रवद्र्धन र प्रचारप्रसार गर्ने उदेश्यले आगामी फागुनमा कर्णाली एक्स्पो (महोत्सव) को आयोजना गरिने भएको छ । सुर्खेत उद्योग बाणिज्य संघको आयोजना तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहआयोजनामा फागुन ६ गतेदेखी १२ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको हो ।
उद्योग तथा उद्यमीहरु, कृषक तथा कृषि उत्पादनहरुको प्रचार प्रसार एवं व्यापार प्रवर्धन गर्ने महोत्सवको लक्ष्य छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र भारीले कर्णालीका दश वटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गानिक कृषि उपजहरुको प्रदर्शनी गरिने बताए । उनले कृषि, जैविक विविधता संरक्षण, जैविक विषादी, जैविक मल, रैथाने बाली संरक्षण÷प्रवद्र्धन गर्न कृषि सम्मेलनको आयोजना गरेको जनाए ।

सम्मेलनमा नेपाल र विदेशबाट सहभागी विज्ञहरुले कार्यपत्र, प्रविधि तथा अनुभवहरु प्रस्तुत गर्ने सचिव भारीको भनाई छ । सरकारले अघि सारेको भ्रमण वर्षलाई सफल आकर्षक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न पर्यटकीय, ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको प्रवद्र्धन तथा प्रचारप्रसार गर्न महोत्सव सञ्चालन गर्न लागिएको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जानकारी दिए ।

महोत्सवमा पर्यटकीय स्थलहरुको पहिचान गरी प्रचार–प्रसार गर्ने, ‘होम स्टे’ को अवघारणाको विकास गर्नमा टेवा पु¥याउने, ‘टुर प्याकेज’ निर्माण गरी स्थानीय पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने लगायतका उदेश्य महोत्सवका छन् । महोत्सवमा एकसय ५५ फिटको लण्डन ब्रिजको प्रवेशद्धार निर्माण र बुर्जअल खलिफा सेल्फीजोन समेत रहनेछ । महोत्सवमा पाँच सय व्यवसायीक स्टलहरु रहनेछन् ।


यी मध्य झण्डै १ सय वटा स्टलहरुको अर्गानिक उत्पादनका रहने रावतले जनाए । करिब ५ करोडको व्यवसायिक कारोबार हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा अध्यक्ष रावतको छ । महोत्सव सञ्चालन गर्न झण्डै एक करोड ३३ लाख खर्च लाग्ने अनुमान उनको छ । महोत्सव मुनाफा भएको रकम संघको राहत कोषमा जम्मा गर्ने र नयाँ सुविधा सम्पन्न शवबाहान खरिद गर्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार