संकटामाथि मनाङको सानदार जीत

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ ।

एन्फा कम्ल्पेक्स सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले साविक उपविजेता संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।मनाङको जितमा अन्जन बिष्ट र निशान लिम्बुले एक एक गोल गरे । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ४२ औं मिनेटमा अमित तामाङको आत्मघाती गोलबाट मनाङले सुरुवाती अग्रता बनाएको थियो । अन्जनको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए ।


त्यसपछि खेलको ७१ औं मिनेटमा निशानले डिबक्स नजिकैबाट उत्कृष्ट गोल गर्दै मनाङलाई ३–० को सहज जित दिलाए ।खेलमा मनाङका अन्जन म्यान अफ दि म्याच चुनिए । संकटाविरुद्ध गोल गरेपछि हेलिकप्टर दुर्घटनामा निधन भएका बास्केटबलका महान खेलाडी कोबी ब्रायन्टलाई सम्झदै मनाङका खेलाडी । जितसँगै लिगमा

मनाङले अपराजित यात्रा कायम राखेको छ । मनाङ लिगमा अपराजित रहने एक्लो टिम हो ।संकटालाई हराएसँगै मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबसँग समान अंक भएपनि मनाङ गोल अन्तरमा पछि रहेको छ । शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २० अंक रहेको छ । संकटा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार