सुर्खेत टिपर काण्ड : माग पुरा नभए सम्म शान्तीपुर्ण आन्दोलन जारी

दिनेश बुढा

सुर्खेत : मंगलबार बिहान टिपरले किचेर मृत्यु भएका केशब सिंहको न्ययाको लागि वीन्द्रनगरमा आफन्तहरुले आज (बिहिबार) पनि शान्तीपुर्ण आन्दोन जारी राखेका छन ।

टिपर मालिकविरुद्ध ज्यानमार्ने कसुरमा मुद्दा दर्ता गर्ने घोषणा गर्दै  बुधबार बेलुका यरीचोकमा विरोध ¥यालीमा प्रेस विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेका थिए । विज्ञप्तीमा पीडित परिवार संघर्ष समितिका संयोजक राजन सिंहले टिप्पर चालक र मालिकलाई जन्मकैदको फैसला हुनुपर्ने, पीडित परिवार तथा घाइतेहरुको उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने बताए थिए ।

घटनापछि प्रशासनले समस्या समाधानको लागि जिम्मेवार बन्नुको सट्टा घटनास्थलको मुचुल्ल्का र परिवारको सहमति बिनै लाश उठाएको आफ्न्तको आरोप छ ।
उनीहरुले आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्षले नै लिनुपर्ने बताएका छन् । शान्तिपूर्ण धर्ना र जुलुस प्रदर्शन गरेका पीडितहरुले आफ्नो माग पुरा नभए आन्दोलनलाई सशक्त पार्ने जनाएका छन् ।

हिजो (बुधबार) दिनभर शान्त रहेको वीरेन्द्रनगर साँझ साढे ६ बजेदेखि पुन पीडितका आफन्तहरुले शान्तिपूर्ण ¥याली निकालेका थिए । आज बिहान देखी यातायात बन्दको आह्वान गर्न पिडित पक्षले ¥याली निकालेर वीरेन्द्रनगरको यरीचोक हुदै बसपार्क, बसपार्क हुदै वीरेन्द्रचोक बाट पुन यरीचोक पुगेका छन् । उनीहरुको भनाई बजार बन्द नगर्ने यातायातमात्र बन्द गर्ने रहेकाे छ ।

मृतक केशबकी फुपु पार्वती सिंहले विज्ञप्तीमा जारी गरिएका माग हरु पुरा नभए सम्मा शान्तीपुर्ण आन्दोलन जारी राख्ने यदी प्रसासनले अबरोध गरेमा तोडफोड् तथा अन्य क्रियाकलाप गर्न बाध्य हुने बताएकी छन् । उनले हाल सम्म मृतक केशबको सव कहाँ छ भन्नेकुरा आफ्न्तसंग कुनै जानकारी नभएको र प्रसासनले लुकाएर राखेको भन्दै यस्मा झन आन्दोलन चर्किने बताइन् । प्रशासनले ¥यालीमा उश्र्रङ्खल गतिविधि हुन नदिन चौकचौकमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

 

तपाईको प्रतिक्रिया