ओेम शाही

सुर्खेत : मंगलबार बिहान टिपरको ठक्करबाट मृत्यु भएका केशर सिंहका आफन्तले टिपर मालिकविरुद्ध ज्यानमार्ने कसुरमा मुद्दा दर्ता गर्ने घोषणा गरेका छन् । बुधबार बेलुका यरीचोकमा विरोध ¥यालीमा प्रेस विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेका हुन् ।


विज्ञप्तीमा पीडित परिवार संघर्ष समितिका संयोजक राजन सिंहले टिप्पर चालक र मालिकलाई जन्मकैदको फैसला हुनुपर्ने, पीडित परिवार तथा घाइतेहरुको उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै बिहीबार यातायात बन्दको आह्वानसमेत गरेका छन् ।

घटनापछि प्रशासनले समस्या समाधानको लागि जिम्मेवार बन्नुको सट्टा घटनास्थलको मुचुल्ल्का र परिवारको सहमति बिनै लाश उठाएको आन्तको आरोप छ । उनीहरुले आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्षले नै लिनुपर्ने बताएका छन् । आज (बुधबार) शान्तिपूर्ण धर्ना र जुलुस प्रदर्शन गरेका पीडितहरुले भोली बिहीबारसम्म माग पुरा नभए आन्दोलनलाई सशक्त पार्ने जनाएका छन् ।

आज (बुधबार) दिनभर शान्त रहेको वीरेन्द्रनगर साँझ साढे ६ बजेदेखि पुनः पीडितका आफन्तहरुले शान्तिपूर्ण ¥याली निकालेका छन् । प्रशासनले ¥यालीमा उश्र्रङ्खल गतिविधि हुन नदिन चौकचौकमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।