घरमै पालेको कुकुरले लिङ्ग खाइदिएपछि

 

कालिकोट : कालिकोटमा आफ्नै घरमा पालेको कुकुरले बच्चाको लिङ्ग खाइदिएको छ । जिल्लाको रास्कोट नगरपालिका–३ साँगाटिया गाउँमा आफ्नै घरमा पालेको कुकुरले करिब ३ महिने बालक अनिवास दर्जीको लिङ्ग खाइदिएको हो । बालक गम्भीर घाइते छन् ।

घरमा कोही नभएको बेला आफ्नै घरमा पालेको कुकुरले बालकलाई खेलाई खेलाई लिङ्ग खाइदिएर गम्भीर घाइते बनाएको हो । हर्ष दर्जी र संगीता दर्जीका छोराको घरमै पालेको कुकुरले आइतबार डोकामा सुतिरहेको अवस्थामा बालकको लिङ्ग लगायत अन्य ठाउँहरुमा पनि टोकेको छ ।


बालकको अवस्था गम्भीर छ । गाउँमा उपचार नहुँने भनेपछि उनको थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा समस्या भएको बुवा हर्ष दर्जीले बताए । ‘परिवारमा औषधि उपचार गर्ने आम्दानीको स्रोत छैन्’, उनले भने, ‘अब के गर्ने, कसरी उपचार गर्ने ?’ उनले सन्तान बचाउन चाहेको तर आर्थिक अवस्था कमजोर हुँदा कठिन भएको गुनसो गरे ।

‘म मेरो सन्तानलाई बचाउन चाहान्छु’, उनले भने, ‘छोराको उपचारका लागि सहयोग गरिदिन सबैलाई आग्रह गर्छु ।’ रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले बालकको उपचार खर्चका लागि नगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताए । उनले भने, ‘अहिले जसरी पनि बालकको ज्यान जागाउनु मुख्य कुरा हो’, उनले भने, ‘नगरपालिकाबाट पनि सहयोग गर्छौ । अन्य सरोकारवालाहरुलाई पनि सहयोग गर्नका लागि अनुरोध गर्दछु ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार