ओम शाही
सुर्खेत : बुधबार (आज) वीरेन्द्रनगरको सुरक्षा स्थिति कडा बनाइएको छ । वीरेन्द्रनगरका अति संवेदनशिल ठाउँहरु मंगलगढी, वीरेन्द्रचोक, यरीचोक, हस्पिटलचोक लागयतका ठाउँहरुमा सयौबढी शसस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ ।
सुरक्षा स्थिति सामान्य भए पनि होटलबाहेक बजार पूर्णरुपमा बन्द छ । चोकचोकमा मान्छेहरुको चहलपहल बढेकाले स्थिति आज (बुधबार) पनि तनावग्रस्त हुन सक्ने देखिन्छ । सबैमा सुरक्षा संम्यमता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
मंगलबार टिपरको ठक्करबाट कालिकोटका केशरबहादुर सिंहको ज्यान गएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगरमा रातभर सुरक्षा स्थिति सामान्य बनेको छ । यसबीचमा कुनै पनि अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।
सिंहको मृत्यु भएपछि आक्रोषित स्थानियबासीले मंगलबार दिनभर बजार बन्द गराउँनुका साथै सडकमा राखिएका सीसी क्यामेरा, प्रहरी बिट, ट्राफिक संकेत, फोहोर फाल्ने भाडा लगायतका सामाग्रीहरु तोडफोड गरेका थिए । आन्दोलन उग्र बनेपछि भिड नियन्त्रण्मा लिन प्रहरीले दजनौं सेल अक्सुर ग्याँस तथा गोली चलाएको थियो ।
युग संवाददाता । । १५ माघ २०७६, बुधबार ०७:२४